Close

Recent Posts

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले लिइन शपथ

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले लिइन शपथ
  • २७ भाद्र २०८२, शुक्रबार २१:५४

काठमाडौँ । नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति अन्तरिम सरकार प्रमुखका रुपमा शपथ लिएकी छन्।

mulpatra

प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका युवाहरूको आन्दोलनपछि राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन हुने तयारी भएको छ र मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

शपथलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्ने र नयाँ निर्वाचनको मिति तय गर्ने सिफारिस गर्ने निर्णय गर्ने सहमति भएको छ।

कार्की यसअघि पनि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी थिइन्। न्यायपालिकामा हक्की र इमान्दार स्वभावका कारण चर्चित बनेकी उनी आठ वर्षपछि कार्यपालिकाको नेतृत्व सम्हाल्न पुगेकी हुन्।