प्रतिनिधिसभा विघटन, फागुन २१ मा आम निर्वाचन गर्ने सरकारको घोषणा

काठमाडौँ । हाल कायम प्रतिनिधि सभा विघटन भएको छ । नवनियुक्त प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटनको सिफारीस गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेल त्यसलाई सदर गरेका छन् ।
राष्ट्रपतिले नेपालको इतिहासमा पहिलो पटक आजै महिला प्रधानमन्त्रीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरि चयन गरेको केही बेरमा प्रधानमन्त्री कार्कीले संसद विघटनको सिफारीस गरेकी थिइन् ।
जेनजी आन्दोलन ह्रिंसंक बनेपछि नेपाल आर्मीले देशको सुरक्षा गरिरहेको र कम्र्यूकै बीच अन्तरिम सरकार गठनको सहमति भएको थियो । जेनजीको आन्दोलनमा सरकारले दमन गरेकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीले वाध्य भएर राजीनामा दिएका थिए । उक्त आन्दोलनमा हालसमम ५१ जनाको मृत्य भइसकेको छ भने खरबौं रुपैया बराबरको भौतिक संरचना ध्वस्त भएको थियो ।
६ महिनामा निर्वाचन गराउने गरि अन्तरिम सरकार गठन भएको र कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा समेत गरेकी छिन् ।