नवनियुक्त प्रधानमन्त्री कार्की जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको निरिक्षणमा

काठमाडौं । अवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी प्रदर्शनका क्रममा सरकार पक्षबाट गोलि लागि उपचाररत घाइतेहरुको निरिक्षणका क्रममा हष्पिटल पुगेकी छिन् ।
प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न दिउसो सिभिल हस्पिटल पुगेकी छिन भने साँझ राष्ट्रिय ट्रमा सेन्टरमा पुगेकी छन् । ट्रमा सेन्टरमा पुगेर उनले घाइतेहरूको अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिन् ।
भदौ २३ गते गरेको जेनजी समूहको प्रदर्शनमा सरकारी पक्षबाट अन्धाधुन्द गोली प्रहार हुँदा १९ जनाको मृत्यु भएको थियो । सयौ घाइते भएको उक्त प्रदर्शनका क्रममा घाइतेहरु मध्ये हालसम्म ३६ जनाको मृत्यु भइसकेको छ भने जम्मा मृतकको संख्या ५१ पुगेको छ ।
सोही आन्दोलन चर्किदै गएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका थिए । उनको राजीनामा पश्चात हिजो मात्र राष्ट्रपतिबाट पुर्व प्रधानन्यायधिश शुसिला कार्कीलाई प्रधानमन्त्रीका रुपमा नियुक्ति गरिएको थियो ।