नवनियुक्त प्रधानमन्त्रीको पदभार ग्रहण आज, मन्त्रिपरिषद् विस्तार समेत हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नेभएकी छिन् । बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

जेनजी आन्दोलनमा सहभागी माथि दमन गरिएपछि विद्रोहले केपी ओली सत्ता ढलेको थियो । सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्रीका रुपमा कार्कीलाई नियुक्त गरेका थिए । उनले शुक्रबार राति नै शपथ लिएर संसद विघटन गरेकी थिइन् ।
पदभार ग्रहण गरेसँगै कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेकी छिन । प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेपनि कति बनाउने र को को बनाउने भनेर मन्त्रीको नाम भने टुंगो लागिसकेको छैन । नयाँ दुई मन्त्री मध्ये बालानन्द शर्मा र ओमप्रकाश अर्यालको नाममा जेनजीसँग सहमति भएको बुझिएको छ ।
![]() |
![]() |
![]() |
|---|



