Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणासहित १० लाख क्षतिपूर्ति, मृतकको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणासहित १० लाख क्षतिपूर्ति, मृतकको संख्या ७२ पुग्यो
  • २९ भाद्र २०८२, आईतवार १२:३५

काठमाडौं–जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् ।

mulpatra

यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

mulpatra mulpatra mulpatra

यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो ।

सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरेको गरेको छ । त्यस्तै मृतकको परिवारलाई १० लाख दिने निर्णय अन्तरिम सरकारले गरेको हो ।

आन्दोलनका सबै घाइतेको सरकारले उपचार गर्ने निर्णय समेत भएको छ । मृतक मध्ये अहिलेसम्म ४१ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ।

Image Source: © https://mulpatra.com