पहिलो महिला महान्यायधिवक्ता बनिन सविता भण्डारी बराल
काठमाडौं । नेपाल सरकारको महान्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुत्त भएकी छिन् । भरखरै पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि उनी महान्यायधिवक्ता बनेको हुन् ।

जेनजी आन्दोलनका कारण केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि पहिलो महिला प्रधानमन्त्रीका रुपमा पुर्व प्रधानन्यायधिश सुशिला कार्की नियुक्ती भएकी थिइन् । राष्ट्रपतिबाट सफत लिएकी कार्कीले आज मात्र पदभार ग्रहण गरेकी थिइन । पदभार ग्रहण गरेसँगै पहिलो महिला प्रधानमन्त्रीले नेपालको इतिहासमा पहिला महान्यायधिवक्ताका रुपमा सविता भण्डारी बराललाई बनाएकी छिन् ।
भण्डारीले नेपालको इतिहासमा प्रथम महिला महान्यायाधिवक्ताको रूपमा इतिहास रचेकी छन् ।
![]() |
![]() |
![]() |
|---|



