Close

Recent Posts

वैदेशिक रोजगार विभागका पुरै खाता जले, श्रम स्वीकृतिको काम हुँदै

वैदेशिक रोजगार विभागका पुरै खाता जले, श्रम स्वीकृतिको काम हुँदै
  • ३० भाद्र २०८२, सोमबार १७:२२

काठमाडौं–वैदेशिक रोजगार विभागले जेनजीका कारण जलेकै कार्यालयबाट सेवा दिइरहेको छ । । विभागको आगजनी भएको ‘ए ब्लक’मा भएका बचेखुचेका सामानहरुलाई क्षति नभएको ‘बी ब्लक’मा लैजाँदै थिए । कोही नजलेको शाखाबाट दराज, टेबल बोक्दै थिए त कोही फाइलहरु मिलाउँदै थिए । कोही बचेका सामान सुरक्षित ठाउँतर्फ राख्दै थिए ।

mulpatra

जेन–जी आन्दोलनका क्रममा आगजनीले ध्वस्त बनाएपछि विभागका कर्मचारीहरु सरसफाइ र कार्यकक्ष तयारीमा व्यस्त बनेका हुन् कुर्सी, कम्प्युटर, प्रिन्टरजस्ता अत्यावश्यक सामग्री जलेकाले थोरै संख्यामा नयाँ सामग्रीहरु पनि ल्याइँदै गरेको देखिथ्यो । प्रणाली मिलाउने, पुरानो कार्यकक्ष साटफेर गर्नुपर्ने, फाइलहरु छानविन गर्ने, नयाँ सामान थप्नेलगायत धेरै काम भएकाले नभ्याएको कर्मचारीहरु बताउँदै थिए । आइतबार तत्काल श्रम स्वीकृति लिनुपर्नेजस्ता अत्यावश्यक कामहरु भने भए । आज (सोमबार)बाट पूर्णरुपमा काम थाल्ने विभागले जानकारी दिएको छ ।

आगलागी भएको भवनमा रहेका लेखा, निर्देशक तथा महानिर्देशकको कार्यकक्ष, सहायता कक्ष, अनुगमनजस्ता शाखाहरु पूर्णरुपमा जलेका छन् । संस्था शाखा, सर्भर र प्रहरी शाखा भने पछाडिपट्टी भएकाले आगोले भेटेको छैन । राहत तथा उद्धार शाखामा तोडफोड र आगजनी भए पनि पूर्ण क्षति भएको छैन । यद्यपि, उक्त भवनमा बसेर काम गर्न सक्ने अवस्था नभएको विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra

विभागका सूचना अधिकारी टीकाराम ढकालका अनुुसार अत्यन्तै महत्‍वपूर्ण रहेको म्यानपावर व्यवसायीले राखेको धरौटीको हिसाबकिताब राख्ने खाता पनि पूरै जलेको छ । उनका अनुसार मुद्दा, राहत, उद्धार र श्रम स्वीकृतिका फाइलहरु भने सुरक्षित भएको हुँदा जहाँबाट काम छोडेका छौं त्यहीँबाट काम अघि बढाउनसक्ने अवस्थामा रहेको उनले बताए । ‘कतिपय काम सुरुबाटै गर्नुपर्ने देखिन्छ । जस्तो, कर्मचारीहरुका ल्यापटप, कम्प्युटर जलेपछि व्यक्तिगत फाइलहरु नष्ट भएका छन् । त्यस्तै, कालीमाटी प्रहरी चौकीबाट सबै थुनुवा भागेका छन् ।’ उनले भने

लेखाका अडिट हुन बाँकी रहेका कागजातहरु, बिल भर्पाइ, भौचरलगायत पनि जलेर नष्ट भएको जनाइएको छ । अब के–कसरी काम अघि बढाउने भनेर श्रम मन्त्रालयलाई पनि पत्र लेख्ने उनको भनाइ छ ।