Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

डण्डुराज घिमिरे सचिवमा बढुवा, गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी

डण्डुराज घिमिरे सचिवमा बढुवा, गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी
  • ३१ भाद्र २०८२, मंगलवार १०:५८

काठमाडौं । श्रम मन्त्रालयमा कार्यरत सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

mulpatra

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताम रहेको सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका सहसचिव घिमिरेलाई सचिव बढुवा गरेको हो । बढुवा समितिले दोस्रो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत शिक्षा सेवाका कृष्णप्रसाद काप्री र तेस्रो नम्बरमा पनि सोहि मन्त्रालयमा कार्यरत शिक्षा सेवाकै वैकुण्ठ अर्यालको नाम सिफारिस गरेको थियो ।

सहसचिव घिमिरेको बढुवासँगै गण्डकी प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी तोकेको छ । ५८ वर्ष उमेर हदका कारण उनले आगामी २ वर्ष सचिवको जिम्मेवारी सम्हाल्नेछन् । गण्डकी प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव शोभाकान्त पौडेल महालेखा नियन्त्रणको जिम्मेवारीमा आएपछि गण्डकी प्रदेश सरकारको प्रमुख सचिव पद रिक्त रहेको थियो ।

mulpatra mulpatra mulpatra

खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका घिमिरे ३६ बर्षमा सचिव बनेका छन् ।