Close

Recent Posts

डण्डुराज घिमिरे सचिवमा बढुवा, गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी

डण्डुराज घिमिरे सचिवमा बढुवा, गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी
  • ३१ भाद्र २०८२, मंगलवार १०:५८

काठमाडौं । श्रम मन्त्रालयमा कार्यरत सहसचिव डण्डुराज घिमिरे सचिवमा बढुवा भएका छन् । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।

mulpatra

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताम रहेको सचिव बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सिफारिस गरेका सहसचिव घिमिरेलाई सचिव बढुवा गरेको हो । बढुवा समितिले दोस्रो नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत शिक्षा सेवाका कृष्णप्रसाद काप्री र तेस्रो नम्बरमा पनि सोहि मन्त्रालयमा कार्यरत शिक्षा सेवाकै वैकुण्ठ अर्यालको नाम सिफारिस गरेको थियो ।

सहसचिव घिमिरेको बढुवासँगै गण्डकी प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी तोकेको छ । ५८ वर्ष उमेर हदका कारण उनले आगामी २ वर्ष सचिवको जिम्मेवारी सम्हाल्नेछन् । गण्डकी प्रदेश सरकारका तत्कालिन प्रमुख सचिव शोभाकान्त पौडेल महालेखा नियन्त्रणको जिम्मेवारीमा आएपछि गण्डकी प्रदेश सरकारको प्रमुख सचिव पद रिक्त रहेको थियो ।

खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका घिमिरे ३६ बर्षमा सचिव बनेका छन् ।