भ्रष्टाचार छानविनमा आयोग बनाउने प्रधानमन्त्रीको तयारी
काठमाडौं । भरखरै नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि आयोग बनाउने बताएकी छिन् । जेनजी आन्दोलनको माग नै भ्रष्टाचार निवारण रहेको उल्लेख गर्दै छानविन आयोग आवश्यक रहेको बताएकी हुन् ।

यसरी निर्माण भएको आयोगले अनसुन्धान गरेर अघि बढ्दा निर्वाचन भएको आउने सरकारलाई समेत सहज हुने उनले बताइन् । सन्चार माध्यमसँग अन्र्तवार्ताका क्रममा प्रधानमन्त्रीले कार्कीले कुरा गर्दै कति भ्रष्टाचार भएको छ, अनियमितता भएको छ अनुसन्धान गरेर अघि बढ्ने समेत उनले बताएकी छिन् ।
त्यसै गरि उनले जेनजी आन्दोलनमा भएको दमन छानविनका लागि तीन सदस्यीय आयोग बन्ने समेत जानकारी दिएकी छन् । मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग बनाउने सैद्धान्तिक निर्णय गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|



