Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

१६ बुँदा सार्वजनिक गर्दै माओवादी अध्यक्ष प्रचण्डको राजीनामा मागे उपमहासचिव जनार्दन शर्माले

१६ बुँदा सार्वजनिक गर्दै माओवादी अध्यक्ष प्रचण्डको राजीनामा मागे उपमहासचिव जनार्दन शर्माले
  • ३१ भाद्र २०८२, मंगलवार १६:५७

काठमाडौँ । जेनजी आन्दोलनको विश्लेषण गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी अध्यक्ष प्रचण्डको राजीनामा माग गरेका छन् । एकवर्ष देखि नै पार्टी पुनर्निर्माणका लागि प्रचण्डको विकल्पको बारे कुरा उठाइरहेका शर्माले जेनजी आन्दोलनले सत्ता परिवर्तन भएको र देशका प्रमुख भौतिक संरचना खण्डहरमा परिणत भएको बेला प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

mulpatra

विभिन्न १६ वटा बुँदा सार्वजनिक गर्दै जेनजी आन्दोलन र त्यसबाट उत्पन्न राजनीतिक, आर्थीक परिस्थितिको विश्लेषण समेत गरेका छन् । शर्माले जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्ने र आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले देशलाई नयाँ ढङ्गले अगाडि बढाउने बाटो खोलेकोले पार्टी समेत त्यही बाटोमा हिड्नुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न, २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनसमेत आव्हान गरेका छन् ।

mulpatra mulpatra mulpatra

वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, दलित महिलाहरुको सुरक्षा, सांस्कृतिक विचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्ने, शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरूको संरक्षण सम्बन्धी नीति बनाउने, श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्ने, राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्ने कुराहरु राख्दै पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनु पर्ने कुरा समेत उठाएका छन् ।