Close

Recent Posts

१६ बुँदा सार्वजनिक गर्दै माओवादी अध्यक्ष प्रचण्डको राजीनामा मागे उपमहासचिव जनार्दन शर्माले

१६ बुँदा सार्वजनिक गर्दै माओवादी अध्यक्ष प्रचण्डको राजीनामा मागे उपमहासचिव जनार्दन शर्माले
  • ३१ भाद्र २०८२, मंगलवार १६:५७

काठमाडौँ । जेनजी आन्दोलनको विश्लेषण गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी अध्यक्ष प्रचण्डको राजीनामा माग गरेका छन् । एकवर्ष देखि नै पार्टी पुनर्निर्माणका लागि प्रचण्डको विकल्पको बारे कुरा उठाइरहेका शर्माले जेनजी आन्दोलनले सत्ता परिवर्तन भएको र देशका प्रमुख भौतिक संरचना खण्डहरमा परिणत भएको बेला प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

mulpatra

विभिन्न १६ वटा बुँदा सार्वजनिक गर्दै जेनजी आन्दोलन र त्यसबाट उत्पन्न राजनीतिक, आर्थीक परिस्थितिको विश्लेषण समेत गरेका छन् । शर्माले जेनजी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्ने र आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले देशलाई नयाँ ढङ्गले अगाडि बढाउने बाटो खोलेकोले पार्टी समेत त्यही बाटोमा हिड्नुपर्ने बताएका छन् ।

उनले पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न, २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनसमेत आव्हान गरेका छन् ।

वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, दलित महिलाहरुको सुरक्षा, सांस्कृतिक विचलन, यौन अराजकता जस्ता घटनाक्रमको छानबिन गर्ने, शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरूको संरक्षण सम्बन्धी नीति बनाउने, श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रम मार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्ने, राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्ने कुराहरु राख्दै पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनु पर्ने कुरा समेत उठाएका छन् ।