Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

भिजिटपछि यूएईले तत्कालका लागि वर्किङ भिसा बन्द गर्‍यो, ३० हजारभन्दा बढी भिसा रद्द हुँदै

भिजिटपछि यूएईले तत्कालका लागि वर्किङ भिसा बन्द गर्‍यो, ३० हजारभन्दा बढी भिसा रद्द हुँदै
  • १ आश्विन २०८२, बुधबार १३:३०

काठमाडौं– यूएई सरकारले नेपालका हकमा कामदार (वर्किङ) भिसा बन्द गरेको छ । यूएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको तेस्रो दिन वर्किङ समेत बन्द गरेको हो । यूएईको इमिग्रेसनबाट बाहिरी देश( नेपाल) बाट हालिने नयाँ भिसा रोकिएका छन् ।

mulpatra

पछिल्लो समय नेपाली सबैभन्दा बढी भिजिट भिसामा यूएई गइरहेका थिए । यूएईपनि नेपाली कामदारको रोजगारगन्तव्य देश हो । यूएई मासिक १२ हजारभन्दा बढी कामदार यूएई जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । यूएईले कम्तिमा दुई साताका लागि वकिङ भिसा बन्द गरेको जनाएको छ । तर अहिलेसम्म यसको आधिकारिक निर्णय भने बाहिर नआएको दूतावासले जनाएको छ ।

यूएईस्थित नेपाली राजदूतावका अनुसार विभिन्न कम्पनीहरूले भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको र पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको जनाएको छ । दूतावास स्रोतका अनुसार ३० हजारभन्दा भिसा रद्द हुने सम्भावना छ ।

mulpatra mulpatra mulpatra

नेपालमा जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटका घटनाको अनुसन्धान सुरु भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेपछि यूएईले कामदार एवं भिजिट भिसा बन्द गरेको जनाइएको छ । यस विषयमा नेपाल सरकार र यूएईस्थित नेपाली दूतावासले केही प्रतिक्रिया दिएको छैन ।

सोमबारदेखि नै यूएईले नेपालीलाई भिजिट भिसा दिन रोकेपछि त्यहाँको ट्राभल एजेन्सीले नेपाली ट्राभल तथा टुर व्यवसायीलाई प्याकेज बिक्री नगर्न सर्कुलर जारी गरेको छ । नेपालबाट टूर प्याकेज बिक्री गरिरहेको एक ट्राभल एजेन्सीका अनुसार सोमबारदेखि नेपाली नागरिकलाई भिसा सेवा निलम्बन गरेको जानकारी सर्कुलरमार्फत गराएको छ ।