Close

Recent Posts

अग्रिम टिकट खुल्ने टुङगो नभएपछि नयाँ बसपार्कमा यात्रुको घुइँचो

अग्रिम टिकट खुल्ने टुङगो नभएपछि नयाँ बसपार्कमा यात्रुको घुइँचो
  • २ आश्विन २०८२, बिहीबार १०:१४

काठमाडौं–२३ र २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका कारण शैक्षिक संस्था बन्द भएसँगै काठमाडौंबाट घर फर्किन थालेका छन् । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।

mulpatra

गत साता भएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । जेन–जी’ का प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायाता सञ्चालनमा आएपछि उपत्यका छोडेर गृहजिल्ला जानेको संख्या ६५ हजार भन्दाबढी पुगेको छ ।

सरकारले दसैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही ६ असोज (घटस्थापना) देखि २२ असोजसम्म नेपालभर लागू हुनेगरी ‘रुट परमिट’ खुला गरेको छ । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको संख्यामा कमी आउनसक्ने धारणा राखे ।