Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अग्रिम टिकट खुल्ने टुङगो नभएपछि नयाँ बसपार्कमा यात्रुको घुइँचो

अग्रिम टिकट खुल्ने टुङगो नभएपछि नयाँ बसपार्कमा यात्रुको घुइँचो
  • २ आश्विन २०८२, बिहीबार १०:१४

काठमाडौं–२३ र २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका कारण शैक्षिक संस्था बन्द भएसँगै काठमाडौंबाट घर फर्किन थालेका छन् । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो ।

mulpatra

गत साता भएको प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतका क्याम्पस बिदा भएपछि विद्यार्थी गृहजिल्ला जान थालेका छन् । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । जेन–जी’ का प्रदर्शनका कारण अवरुद्ध बनेको सार्वजनिक यातायाता सञ्चालनमा आएपछि उपत्यका छोडेर गृहजिल्ला जानेको संख्या ६५ हजार भन्दाबढी पुगेको छ ।

सरकारले दसैँको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही ६ असोज (घटस्थापना) देखि २२ असोजसम्म नेपालभर लागू हुनेगरी ‘रुट परमिट’ खुला गरेको छ । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।

mulpatra mulpatra mulpatra

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बसपार्कमा अहिलेदेखि यात्रुको भीड लाग्न थालेकाले यसवर्ष दसैँमा गृहजिल्ला जाने यात्रुको संख्यामा कमी आउनसक्ने धारणा राखे ।