रात परेपछि नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन समस्या, अझै खुलेन सडक
काठमाडौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिलो पन्छाउने काम नसकिएकोले उक्त सडक भोली सम्म अवरुद्ध हुने भएको छ । शुक्रबार साँझ देखि झरेको पहिलोको कारण सो सडक खण्ड अवरुद्ध भएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम गरेपनि पहिरो झर्न नरोकिएको कारण रात परेपछि आजलाई पहिरो पन्छाउने काम रोकिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा शनिवार दिउँसो समेत पहिरो खसेकोले पन्छाउन समेत नसकिएको डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरोका कारण शुक्रबार बेलुकी देखि थुनिएका हजारौ यात्रुुहरु अलपत्र परेका छन् ।
पहिरोले १०० मिटर बढी सडक ढाकेको र निरन्तर पहिलो झरिरहेकोले रातको समयमा पन्छाउन नसकिएको कार्यालयले जनाएको छ । आइतवार उज्यालो भएसँगै भोलीबाट मात्र सडक पन्छाउने काम थालिने सडक कार्यालयले जनाएको छ ।
सडक कार्यालय र ट्राफिक प्रहरीले समेत यात्रुहरूलाई अति आवश्यक काम परेमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
