Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रात परेपछि नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन समस्या, अझै खुलेन सडक

रात परेपछि नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन समस्या, अझै खुलेन सडक
  • ४ आश्विन २०८२, शनिबार २०:०४

काठमाडौ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिलो पन्छाउने काम नसकिएकोले उक्त सडक भोली सम्म अवरुद्ध हुने भएको छ । शुक्रबार साँझ देखि झरेको पहिलोको कारण सो सडक खण्ड अवरुद्ध भएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम गरेपनि पहिरो झर्न नरोकिएको कारण रात परेपछि आजलाई पहिरो पन्छाउने काम रोकिएको छ ।

mulpatra

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा शनिवार दिउँसो समेत पहिरो खसेकोले पन्छाउन समेत नसकिएको डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरोका कारण शुक्रबार बेलुकी देखि थुनिएका हजारौ यात्रुुहरु अलपत्र परेका छन् ।

पहिरोले १०० मिटर बढी सडक ढाकेको र निरन्तर पहिलो झरिरहेकोले रातको समयमा पन्छाउन नसकिएको कार्यालयले जनाएको छ । आइतवार उज्यालो भएसँगै भोलीबाट मात्र सडक पन्छाउने काम थालिने सडक कार्यालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

सडक कार्यालय र ट्राफिक प्रहरीले समेत यात्रुहरूलाई अति आवश्यक काम परेमा वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।