नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा बाँड्दै सेना–प्रहरी र अन्य
काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक बन्द छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइनखोला पुलनजिक शुक्रबार साँझ खसेको पहिरोले गर्दा नारायणगढ–मुग्लिन सडक ४० घण्टादेखि बन्द छ ।

यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबीच प्रहरीले हाललाई वैकल्पिक मार्गहरू बाटो नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न सुझाव दिएको छ ।
जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ । वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन् ।
सडक खुलाउन शनिबार बिहानदेखि पहिरो पन्छाउने क्रम जारी रहे पनि अहिलेसम्म सफल हुन सकेको छैन। पहिरो खसिरहने कारण हिजो दिनभरको प्रयास सफल नभएपछि आज बिहानैदेखि पुनः पहिरो हटाउन थालिएको छ ।
