Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

व्यवसायको वर्तमान अवस्थाको विश्लेषण र दिशा निर्देशबारे छलफल

व्यवसायको वर्तमान अवस्थाको विश्लेषण र दिशा निर्देशबारे छलफल
  • ६ आश्विन २०८२, सोमबार २२:०५

काठमाडौं । मुलुकको वर्तमान विषम परिस्थिति र त्यसले उद्योग–व्यवसायमा पारेको प्रत्यक्ष प्रभावबारे ‘व्यवसायको वर्तमान अवस्थाको विश्लेषण र दिशा निर्देश’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्थल यातायात तथा पारवहन समिति सदस्य शिव प्रसाद घिमिरेको पहलमा आयोजित कार्यक्रममा विभिन्न व्यवसायी, संघ–संस्था र महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

mulpatra

कार्यक्रमको उद्देश्य मुलुकमा जारी अस्थिर अवस्था, विशेषगरी जेनजी आन्दोलनका क्रममा व्यवसायीहरुले भोग्नुपरेका समस्या–चुनौतीको विश्लेषण गर्दै समाधानका उपाय खोज्ने र व्यवसायीहरुको मनोबल उच्च पार्ने रहेको आयोजक घिमिरेले बताए । उनका अनुसार कठिन परिस्थितिबाट निस्कन सामूहिक प्रयास आवश्यक रहेको र व्यवसायीको पीडामा मल्हम लगाउने गरी व्यावहारिक समाधान खोज्नु आजको आवश्यकता हो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष प्रदीप मुरारका, शेखर गोल्छाले समेत व्यवसायीका समस्या र जेनजी लगायतका विभिन्न आन्दोलनमा व्यापारीले भोगेका समस्याका बारे कुरा राखेका थिए । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष–उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सिएनआईका पदाधिकारी, नेपाल निर्यात व्यवसायी संघका पदाधिकारी लगायत विभिन्न समितिका प्रतिनिधिले विभिन्न समस्याहरुका बारे कुरा राखेका थिए ।

mulpatra mulpatra mulpatra

उक्त कार्यक्रममा सम्बोधन गर्दै चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मलहोत्राले अर्थतन्त्रको मेरुदण्ड व्यवसायी नै भए पनि सरकार र शासक वर्गको नकारात्मक दृष्टिकोणले व्यवसायलाई उल्झनमा पारेको बताए । उनले सत्ता जोगाउन ‘फुटाउ र राज गर’ को नीति अघि सारिँदा व्यवसायीलाई अनावश्यक मार परेको आरोप लगाए र यस्तो विषम परिस्थितिमा सम्पूर्ण व्यवसायी एकजुट हुनुपर्ने धारणा राखे ।

यसैगरी अन्य वस्तुगत समितिका पदाधिकारीहरुले पनि जेनजी आन्दोलनका क्रममा व्यवसायीले भोगेका कठिनाइ र सरकारका तर्फबाट गर्नुपर्ने ठोस कदमबारे सुझाव प्रस्तुत गरेका थिए । उनीहरुले उद्योग विस्तार, लगानीको वातावरण र व्यापार प्रवर्द्धनका लागि नीति सुधार अपरिहार्य रहेको औंल्याए ।

कार्यक्रममा छलफल भएका विषयलाई प्रतिवेदनमा संकलन गरी नेपाल सरकार समक्ष पेश गर्ने र नीति निर्माणमा योगदान पुर्‍याउने गरि कार्याक्रम आयोजना गरिएको आयोजक शिव प्रसाद घिमिरेले बताएका छन् ।

Image Source: © https://mulpatra.com

जेनजी आन्दोलनले उद्योग व्यवसायको आपूर्ति प्रणालीमा अवरोध र उत्पादनमा गिरावट, व्यवसायीको लगानीमा अनिश्चितता र मनोबलमा कमी, बजारमा असुरक्षा र कारोबारमा गिरावट, सरकार र व्यवसायीबीच विश्वासको संकट जस्ता विषय उठेको थियो ।

यस्ता चुनौतीबीच पनि व्यवसायीहरुले आफ्नो साहस र लगनका साथ उद्योग–व्यवसाय जोगाउँदै देशलाई अघि बढाउन प्रतिबद्धता छलफल कार्यक्रममा व्यक्त गरिएको थियो ।