Close

Recent Posts

आन्दोलनका दोषीउपर सख्त कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

आन्दोलनका दोषीउपर सख्त कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की
  • ९ आश्विन २०८२, बिहीबार १८:२३

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेउपर कडा कारबाही गर्ने प्रतवद्धता जनाएकी छन् ।
‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन्।

mulpatra

२७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्न लागेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुन लागेको सम्बोधनको समन्वय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले मिलाएको थियो ।

बैठकमा जेन–जी आन्दोलनमा दमन गरेको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने निर्णय हुन सक्ने सम्भावना छ । पासपोर्ट रोक्का हुने सूचीमा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको समेत नाम रहेको चर्चा गरिएको छ ।

उनले भनिन्, ‘१८ बर्ष पुगेको जेनजी पुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधि गर्नेगरी अध्यादेशबाट कानून संशोधन गरिसकेको छ।’ विदेशमा रहेका नागरिकलाई विदेशबाट पनि मतदानमा सहभागी गराउनसक्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताइन् ।

देशबासीका नाममा नाममा सम्बोधन गर्दै आउने चुनावपछिको संसदबाट संविधान संशोधन गर्न सुझाव दिइन् । संशोधन र शासकीय स्परुप फेर्ने अधिकार अन्तरिम सरकारलाई नभएको बताएकी छन् ।