Close

Recent Posts

कार्की विदेशीको डिजाइनमा प्रधानमन्त्री बनेको आरोप, प्रसाई र जेनजीकाे प्रतिनिधित्व सरकारमा किन अटाएनन्

कार्की विदेशीको डिजाइनमा प्रधानमन्त्री बनेको आरोप, प्रसाई र जेनजीकाे प्रतिनिधित्व सरकारमा किन अटाएनन्
  • १० आश्विन २०८२, शुक्रबार १४:४०

काठमाडौं– भदौ २२ र २३ गते नेपालले २८ घण्टाभित्रै एउटा अभूतपूर्व राजनीतिक भूकम्पको सामना ग¥यो । सडकमा पोखिएको जेनजी पुस्ताको आक्रोशले दशकौंदेखि जमेको सत्ताको जग मात्र हल्लाएन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्दै देशमा नागरिक सरकार बन्यो ।

mulpatra

जेनजी आन्दोपछि प्रधानमन्त्री वा मन्त्री बन्न सैनिक हेडक्वार्टरमा कति जनाले निवेदन दिए भन्ने प्रश्न उठाउँदै वर्तमान प्रक्रियाको आलोचना सुरु भएको छ । कतिपय जेनजी आन्दोलनकै अगुवाहरुले विदेशी शक्तिहरू — युरोपियन युनियन, अमेरिका र भारतको पहलमा सरकार बनेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनपछि विदेशी शक्तिको भरमा प्रधानमन्त्री भएको आरोप लागेको छ । कार्कीलाई मात्र होइन । काठमाडौं महानगरपालिका मेयर बालेन शाह समेत विदेशी शक्तिका आडमा चलिरहेको धरानका मेयर हर्क सम्पाङको आरोप छ । उनले मन्त्री हुन अमेरिकी र भारतीय दूतावासमा गएर नाम टिपाउनुपर्ने भन्दै आपक्ति समेत जनाएका थिए ।

नेपालमा भएको करिब साढे ४ अर्ब नेपाली रुपैयाँ बराबरको अमेरिकी सहयोग कुनै संवैधानिक निगरानीविना खर्च भयो, जसले भ्रष्टाचारलाई संस्थागत ग¥यो। उनले नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डीन थम्पसनमाथि पनि गम्भीर आरोप लगाएकी छिन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तनका लागि आन्दोलन गदै आएका दुर्गा प्रसाईलाई पनि सरकारमा सहभागि गराउन मानिन् । सेनाले भने प्रसाईलाई सरकारमा सहभागि गराउन खोजेको थियो । तर कार्कीले यस विषयमा चासो नदिको पाइएको छ । प्रसाईमा मात्र होइन कार्कीले जेनजीकै युवाहरुलाई पनि सरकारमा सहभागि गराउन इच्छा नदेखाएको उनीहरुकै आरोप छ ।

प्रसाईले गणतन्त्र र लोकतन्त्रका राज्य संचालकहरुबाट भएका गल्ती, कमिकमजोरी मात्र नभई राज्य दोहनकारी र गणतन्त्रमा मौलाएका भ्रष्ट नेता पार्टीहरुले पालेर, सम्रक्षण गरेर हुर्काएका भ्रष्ट, माफिया बिचौलिया, तस्कर, बैंकर्स, कालाबजारी, भू–माफियाहरु केही उद्दोगपतीहरुबाट देश, जनता र भूईमान्छेहरु कसरी ठगिएका रहेछन् भन्ने सबै लिष्ट सहित १६ जना मारवाडी ब्यापारी र ३० भन्दा बढी नेताहरुको नाम लिष्ट यो एक बर्षको अबधिमा जनताको सामु छर्लङ्ग बनाएर ऐना देखाई दिए ।

उनको यो आवाज जनपक्षीय छ । त्यही भएर उनलाई सेना सरकारमा लैजाने खोजेको हो । तर उनलाई कार्कीले सरकारमा लगिन ।

कतिपय अहिले कार्कीको सरकार अमेकिरीको भरमा बनेको यसमा बालेनका सहयोग र साथ भएको आरोप पनि लगाएका छन् । त्यति मात्र होइन बालेन पनि विदेशीको दाम चलिरहेको आरोप छ । उनले यस विषयमा अहिलेसम्म केही प्रतिक्रिया दिएका छैन ।

एकातिर अमेरिकी दक्षिणपन्थी अभियन्ताका यूएसएआइडी एजेन्डाको सिद्धान्त छ, अर्कोतिर दुर्गा प्रसाईंको ५५ वर्षे पश्चिमा डिजाइनको भाष्य। तर यी सबै दाबी र प्रतिदाबीका बीच, सडकमा ज्यान गुमाउने र सत्तालाई घुँडा टेकाउने नेपाली युवाहरूका लागि यो विद्रोहको नायक ‘जेनजी पुस्ता’ नै हुन् ।

उनीहरूका लागि यो कुनै विदेशी एजेन्डा थिएन; यो भ्रष्टाचार, नातावाद र अवसरको असमानता विरुद्धको लडाइँ थियो। जुन उनीहरुले जितेका छन् । यो अवस्थामा बालेन्द्र शाह बालेन एक यस्तो पात्रको रूपमा उभिए, जसले सडकको आक्रोशलाई राजनीतिक निकासतर्फ गयो ।

ट्रम्पले लूमरसँगको सल्लाहपछि ह्वाइटहाउसबाट धेरै अधिकारीहरुलाई हटाएका थिए । अमेरिकी कित्ताबाट यस्तो दाबी आइरहँदा, नेपालभित्रैबाट राजावादीका रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यो आन्दोलनलाई ५५ वर्ष लामो पश्चिमा षड्यन्त्रको हिस्साको रूपमा व्याख्या गरेका छन् ।

बाइडेन प्रशासनद्वारा नियुक्त थम्पसनले नेपालमा एलजीबीटीक्यू, विविधता र समावेशिताजस्ता ‘वामपन्थी एजेन्डा’लाई प्रवद्र्धन गरेको र उनी एन्टी–ट्रम्प, ओबामा–बाइडेन समर्थक भएको उनको तर्क छ। लुमरले भनेकी छिन्, “नेपाल जलिरहेको बेला थम्पसन अमेरिकी करदाताको पैसाले वामपन्थी एजेन्डा फैलाइरहेका थिए।

उनलाई तुरुन्त हटाएर ‘अमेरिका पहिलो’ नीतिका राजदूत पठाइनुपर्छ।” उनको नजरमा नेपालको यो सत्तापलट, वासिङ्टनको लापरवाह विदेशी सहायता नीतिको असफलताको ज्वलन्त उदाहरण हो।

एलिजाबेथ लुमर एक अमेरिकी अतिदक्षिणपन्थी राजनीतिक कार्यकर्ता, राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट अभियन्ता र सोसल मिडिया इन्फ्लुएन्सर हुन् । उनले हालै नेपालमा भएको आन्दोलन र सत्तापलटबारे सोसल मिडिया एक्समार्फत यस्तो दाबी गरेकी छन् ।

२०२८ सालमा राजा महेन्द्रको रहस्यमय निधनदेखि २०७२ को संविधानमार्फत हिन्दू राष्ट्र र राजसंस्थाको अन्त्यसम्मका घटनालाई पश्चिमा डिजाइनको हिस्सा मानेका छन् । यस विषयमा दुर्गा प्रसाईले गत साता पत्रकार सम्मेलन गरी आफनो भनाइ राखेका छन् ।

अन्तिम उद्देश्य वैदिक सनातन हिन्दू राष्ट्रको आन्दोलनलाई ओझेलमा पार्दै, जनताकै मतबाट पश्चिमाहरूको डिजाइनमा देश कब्जा गर्नु हो । यो देशलाई युक्रेन बनाएर चीन र भारतको बीचमा पश्चिमा सेनाहरू उतार्ने खेल भइरहेको उनको आरोप थियो । यस विषयमा स्यंम प्रधानमन्त्री कार्कीले समेत जवाफ दिएकी छैन । हिजो संम्बोधनमा उनले केही बोलिनन् ।

प्रसाईले बालेन शाहले आफूलाई आन्दोलनमा नआउन आग्रह गरेको बताउँदै आफू यसमा संलग्न नरहेको पनि स्पष्ट पारेका छन्। भिडिओ सन्देशमार्फत प्रसाईँले भनेका छन्, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नुभएको थियो । र, यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

भिडियो विश्लेषणः