Close

Recent Posts

रास्वपाको उपहार स्वीकार नगर्न र रातो पासपोर्ट बुझाउन निर्देशन

रास्वपाको उपहार स्वीकार नगर्न र रातो पासपोर्ट बुझाउन निर्देशन
  • १३ आश्विन २०८२, सोमबार ११:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सांसदहरुले लिएको रातो पासपोर्ट फिर्ता गर्न निर्देशन दिएको छ । निवर्तमान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन प्रवक्ता मनिष झाले बताएका छन् ।
विज्ञप्ती मार्फत निर्देशन दिँदै भनिएको छ ‘पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ’ ।

mulpatra

जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा राष्ट्रिय शोकको घडीमा रहेकाले यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन समेत आफ्ना मातहतका सबै पार्टी पंक्तिमा अनुरोध गरेको छ ।

पार्टी प्रवक्त मनिष झाबाट हस्ताक्षरित विज्ञप्ती मार्फत सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न समेत निर्देशन दिएका छन् ।