Close

Recent Posts

समयमै निर्वाचन र प्रत्यक्ष निर्वाचित कार्याकारीको पक्षमा माओवादी

समयमै निर्वाचन र प्रत्यक्ष निर्वाचित कार्याकारीको पक्षमा माओवादी
  • १४ आश्विन २०८२, मंगलवार ११:१६

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सहभागिता जनाउने निर्णय गरेको छ । पार्टीका जनसंगठन र मातहतका कमिटिमा सर्कुलर जारी गर्दै माओवादी केन्द्र चुनावमा होमिएको घोषणा गरेको छ ।
चुनावमा भाग लिने साथै पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो मुख्य एजेन्डाको रूपमा अघि सार्ने निर्णय गरेको छ ।

mulpatra

यही असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको आठौँ केन्द्रीय समितिको बैठकको सम्पन्न गरेको थियो । सोही बैठकको निर्णयअनुसार सर्कुलर जारी गरेको छ ।

बैठकले केन्द्र पार्टीलाई भंग गर्दै पुष्पकमल दाहाल प्रचण्डको संयोजकतत्वमा आयोजक समिति बनाएको थियो । संयोजक प्रचण्डले हस्ताक्षर गरेको पत्रमा ‘निर्वाचन प्रणालीको सम्बन्धमा हाम्रो पार्टीले विगतदेखि उठाउँदै आइरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रीपरिषद् गठन लगायतका मुद्दाहरू निरन्तर उठाउने र तोकिएकै मितिमा चुनाव हुनुपर्ने ।’ विषय उठाइएको छ ।

सर्कुलरमा २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने, बहुपदको व्यवस्था स्थगन गरी संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने लगायतको निर्णय गरिएको उल्लेख छ ।

साथै बैठकले समाजवादी मोर्चामा रहेका पार्टीहरूबिच जतिसक्दो चाँडो पार्टी एकताको पहल गर्ने र एकता हुने स्थितिमा विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा आयोजना गर्ने निर्णय पनि गरेको छ।