Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

आफ्नो पार्टी अध्यक्षको पासपोर्ट रोक्का पछि बोल्यो युवासंघ

आफ्नो पार्टी अध्यक्षको पासपोर्ट रोक्का पछि बोल्यो युवासंघ
  • १५ आश्विन २०८२, बुधबार ०६:३४

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पासपोर्ट रोक्कासम्बन्धी निर्णयप्रति कडा आपत्ति जनाएको छ। संघले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय असंवैधानिक, अलोकतान्त्रिक र राजनीतिक प्रतिशोधप्रेरित भएको दाबी गरेको हो।

mulpatra

संघले लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने नाममा सरकारले यसरी आधारहीन रुपमा पासपोर्ट रोक्ने कदम चालेको भन्दै यसको तत्काल खारेजी माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘गएको भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ ले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पुर्वाग्रहका आधारमा राहदानी रोक्का निर्णय गरेको तथ्य छर्लग्गै छ ।’

संघले यस प्रकारको कदमले संविधानले प्रदान गरेका नागरिक अधिकार, स्वतन्त्रता र राजनीतिक क्रियाकलापमा गम्भीर आघात पु¥याउने चेतावनी दिएको छ। साथै, संगठनका पुर्व इन्चार्ज, नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि प्रतिशोधपूर्ण ढंगले मुद्धा चलाउने समाचार आएको विषयमा सरकारलाई प्रत्युत्पादक हुने समेत जनाएको छ ।

mulpatra mulpatra mulpatra

युवा संघले गृह मन्त्रालयले गत भाद्र २४ गतेको घटनामा संलग्नलाई कानुनी कारबाही नचलाउने भनी गरेको निर्णयप्रति पनि कडा आलोचना गरेको छ । संघले गृह मन्त्रालयको सो निर्णय अत्यन्तै दुखद् र निन्दनीय रहेको र यसले कानुनी राज्यको उपहास गरेको ठहर गरेको छ ।

युवासंघले सरकारलाई तत्काल निर्णय सच्याउन र कानुनी राज्यको सम्मान गर्न आग्रह गरेको छ।

साथै संघले फागुन २१ मा हुने घोषणा गरिएको आम चुनावमा सरकारलाई सफल बनाउन सफल भुमिका निर्वाह गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

Image Source: © https://mulpatra.com