Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नौ दिनमा ६ लाख बढीले छोडे काठमाडौं

नौ दिनमा ६ लाख बढीले छोडे काठमाडौं
  • १५ आश्विन २०८२, बुधबार १९:१७

काठमाडौं । दसैँ सुरु भएलगत्तै राजधानी काठमाडौं उपत्यका छाड्नेको भीड दिनप्रतिदिन बढिरहेको छ। घटस्थापनादेखि आजसम्मको नौ दिनको अवधिमा मात्र ६ लाख ११ हजार ६५७ जना उपत्यकाबाट बाहिरिएका छन्।

mulpatra

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते घटस्थापना सुरु भएयता विभिन्न नाकाबाट यात्रुहरू गाउँतर्फ निस्किरहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं छाडेका छन्।

प्रहरी उपरीक्षक एवं कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनमा काठमाडौं छाड्ने यात्रुको संख्यामा तीव्र वृद्धि भए पनि नाकाहरूमा सवारी साधन सामान्य रुपमा सञ्चालन भइरहेको छ।

mulpatra mulpatra mulpatra

गत नौ दिनमा उपत्यकाबाट एक लाख १३ हजार ४१५ सवारी साधन बाहिरिएका छन्। यिनै सवारीमार्फत यात्रुहरू विशेषगरी पूर्व, पश्चिम र सुदूरपश्चिमका जिल्ला गएका छन्।

त्यस्तै, उपत्यकाभित्र पनि यात्रु आउने क्रम बढेको छ। अहिलेसम्म ७७ हजार ५४५ सवारीमार्फत ३ लाख १९ हजार १५ जना काठमाडौं भित्रिएका छन्।