जोखिम न्यूनिकरणका लागि तीन दिन लामो दूरीको यातायात बन्द

जोखिम न्यूनिकरणका लागि तीन दिन लामो दूरीको यातायात बन्द
  • १८ आश्विन २०८२, शनिबार ०९:४५

काठमाडौँ । आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन आवागमन बन्द गर्ने निर्णय गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनामा भदौ १८, १९ र २० गतेका लागि यस्तो व्यवस्था मिलाइएको उल्लेख छ।

mulpatra

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित बाढी, पहिरो, डुबानजस्ता विपद् जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय लिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका बस, ट्रक तथा अन्य यातायातका साधन रोक्ने व्यवस्था मिलाइएको छ। साथै काठमाडौं उपत्यकामा भित्रिने तथा बाहिरिने सबै लामो दूरीका सवारीसाधनसमेत असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक लगाइनेछ।

mulpatra mulpatra mulpatra

यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई अत्यावश्यक बाहेकका सवारीसाधन नचलाउन आग्रह गरिएको छ। साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई यातायात आवतजावत बन्द गराउन तथा निरन्तर अनुगमन र निगरानी गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।