Close

Recent Posts

आज अवरुद्ध रहेका सडकहरु (सूचिसहित)

आज अवरुद्ध रहेका सडकहरु (सूचिसहित)
  • २० आश्विन २०८२, सोमबार ०८:४९

काठमाडौँ । अविरल बर्षाका कारण गएको पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध रहेका छन्। देशभरका कुन कुन सडक अवरुद्ध छन भनि नेपाल प्रहरीले सुचना सार्वजनिक गरेको छ । विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो।
विहान ८ः३० बजे सम्म देशका निम्नानुसार सडकहरु अवरुद्ध रहेको जनाइएको छ ।

mulpatra

असार २४ को बाढाीका कारण नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएकोले सवारी साधन आवत जावत बन्द भएको छ । असोज १६ मा रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं २ घट्टेखोला, बालुवाखानी र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक सुख्खा पहिरो आई बाटो अबरोध भएको ।

संखुवासभाको बरुणखोलामा ह्युम पाइप बगाएको कारण खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । त्यसैगरि कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

भोटेकोशी गाउँपालिका वडा नं. ४ चारकिलो स्थित अरनिको राजमार्गमा सडक भासिन गई सडक अवरोध भएको छ ।

विपी राजमार्गको रोशी क्षेत्र र अन्दाजी ४ कि.मि सडक बगाएकोले सो सडक अवरुद्ध भएको छ ।
ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा क्षती पुगी लोकमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ ।

मकवानपुर इन्द्रसरोवर गा.पा.३ सिस्नेरी बजार स्थित कुलेखानि सिस्नेरी दक्षिणकालि(काठमाण्डौ सडकखण्डमा डोढारे खोलामा पानिको बहाब बढ्न गई सडकमा आई पुर्ण रुपमा अबरुद्ध भएको छ ।

धनकुटा पाख्रीबास नपा.५ दिकुरे स्थित मध्य पहाडी लोक मार्गमा अबिरल वर्षाका कारण सडक भाँसिएको र बाटो माथि बाट पहिरो खसिरेकोले जोखीम हुने भएकोले तत्काल बाटो बन्द गरिएको छ ।

सिन्धुली मरिण गा.पा.वडा नं.०२ सिन्दुरे दोभान स्थित मदन भण्डारी राजमार्गमा अविरल बर्षाको कारण ढुङ्गा ,माटो साहितको पहिरो गई बाटो दुई तर्फी अवरोध भएको छ ।

धनकुटा साँगुरीगढि गाउपालिका १ स्थित कोशी लोकमार्गको चनौटे र सिमसुवा गरी ३ ठाउमा बाटो अवरोध भएको छ।