Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज अवरुद्ध रहेका सडकहरु (सूचिसहित)

आज अवरुद्ध रहेका सडकहरु (सूचिसहित)
  • २० आश्विन २०८२, सोमबार ०८:४९

काठमाडौँ । अविरल बर्षाका कारण गएको पहिरोका कारण देशभरका विभिन्न राजमार्गहरू अवरुद्ध रहेका छन्। देशभरका कुन कुन सडक अवरुद्ध छन भनि नेपाल प्रहरीले सुचना सार्वजनिक गरेको छ । विवरणअनुसार कोशी, बागमती लगायतका प्रदेशका विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध भएको हो।
विहान ८ः३० बजे सम्म देशका निम्नानुसार सडकहरु अवरुद्ध रहेको जनाइएको छ ।

mulpatra

असार २४ को बाढाीका कारण नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएकोले सवारी साधन आवत जावत बन्द भएको छ । असोज १६ मा रसुवा गोसाईकुण्ड गाउँपालिका वडा नं २ घट्टेखोला, बालुवाखानी र तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक सुख्खा पहिरो आई बाटो अबरोध भएको ।

संखुवासभाको बरुणखोलामा ह्युम पाइप बगाएको कारण खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । त्यसैगरि कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

mulpatra mulpatra mulpatra

भोटेकोशी गाउँपालिका वडा नं. ४ चारकिलो स्थित अरनिको राजमार्गमा सडक भासिन गई सडक अवरोध भएको छ ।

विपी राजमार्गको रोशी क्षेत्र र अन्दाजी ४ कि.मि सडक बगाएकोले सो सडक अवरुद्ध भएको छ ।
ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा क्षती पुगी लोकमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ ।

मकवानपुर इन्द्रसरोवर गा.पा.३ सिस्नेरी बजार स्थित कुलेखानि सिस्नेरी दक्षिणकालि(काठमाण्डौ सडकखण्डमा डोढारे खोलामा पानिको बहाब बढ्न गई सडकमा आई पुर्ण रुपमा अबरुद्ध भएको छ ।

Image Source: © https://mulpatra.com

धनकुटा पाख्रीबास नपा.५ दिकुरे स्थित मध्य पहाडी लोक मार्गमा अबिरल वर्षाका कारण सडक भाँसिएको र बाटो माथि बाट पहिरो खसिरेकोले जोखीम हुने भएकोले तत्काल बाटो बन्द गरिएको छ ।

सिन्धुली मरिण गा.पा.वडा नं.०२ सिन्दुरे दोभान स्थित मदन भण्डारी राजमार्गमा अविरल बर्षाको कारण ढुङ्गा ,माटो साहितको पहिरो गई बाटो दुई तर्फी अवरोध भएको छ ।

धनकुटा साँगुरीगढि गाउपालिका १ स्थित कोशी लोकमार्गको चनौटे र सिमसुवा गरी ३ ठाउमा बाटो अवरोध भएको छ।