Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भागेका ५ हजार ६९७ कैदीबन्दी खोज्दै सरकार

भागेका ५ हजार ६९७ कैदीबन्दी खोज्दै सरकार
  • २१ आश्विन २०८२, मंगलवार ०८:२२

काठमाडौं । जेनजी प्रदर्शन तोडफोड र आगजनीमा परिणत भएपछि देशका विभिन्न कारागार र सुधारगृहबाट भागेका १४ हजार ५ सय बढी कैदी मध्ये ५ हजार ६ सय बढी कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

mulpatra

कारागार र सुधारगृहबाट भागेका मध्ये ८ हजार ५ सय १० कैदी र ३ सय ४१ सुधारगृहका गरि ८ हजार ८ सय ५१ जना कारागार फर्केका छन् । रास्वपा अध्यक्ष रवि लामिछाने लगायत भागेका कैदीबन्दीहरु केही दिन पछि पुनः कारागार फकिएका थिए ।

भागेका कैदीबन्दीलाई फर्कन गृह मन्त्रालयले हिजो सोमबार सम्म दिएको समय सकिए पनि उक्त संख्याका कैदीबन्दी नफर्किएका हुन् । देशभरि विभिन्न कसुरमा कारागार बसिरहेका कैदी फरार भएपछि अन्र्तराष्ट्रिय रुपमा समेत नेपालको कैदी बन्दी प्रवेश गर्न सक्ने भन्दै सचेत भएका थिए । दुबई, कतार जस्ता देशले भिजिट भिषा बन्द र कामदार भिषा समेत कठिन बनाएको थियो ।

mulpatra mulpatra mulpatra

कतिपय स्थानमा जघन्य अपराधमा कैद भुक्तान गरिरहेका कैदी समाजमा देखिन थालेपछि असुरक्षित महसुस गरिरहेका छन् । केही दिन अघि त्यस्ता अपराधीले फेरी व्यक्ति हत्या गरेको प्रहरीले नै सार्वजनिक गरिसकेको छ ।

भागेका कैदीबन्दीबाट समाजमा हुन सक्ने भय र त्रास बाट बच्न मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ । गृह मन्त्रालयले सोही कार्यादल मार्फत भागेका ५ हजार ६९७ कैदीबन्दीको खोजी तिब्र बनाएको छ ।