Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

खुल्यो विपी राजमार्ग

खुल्यो विपी राजमार्ग
  • २५ आश्विन २०८२, शनिबार ०८:०३

काठमाडौं । करिब ८ कि.मि. कच्ची सडक हुँदै सन्चालन भइरहेको विपी राजमार्ग डाइभर्सन बनेपछि खुलेको छ । गाडीहरु आवात जावत गर्न सुरु गरेसँगै ७ दिन देखि रोकिएको सडक सहज भएको छ ।

mulpatra

पोहोर साल आएको बाढीले बगाएको बिपी राजमार्गको ८ कि.मि. जति खण्डमा डाइभर्सन बनाएर सन्चालन गरिएको थियो । यसपाली समेत उक्त खण्ड बगाएपछि अवरुद्ध सडकको १९ स्थानमा डाइभर्सन बनाएर आजदेखि खुलाइएको छ।

डिभिजन सडक कार्यालयले रातको समयमा समेत काम गरेर सडक निर्माणलाई तिब्रता दिएको थियो । मंगलबारदेखि डाइभर्सन निर्माण थालिएको थियो । दुइ दर्जन जति साधन प्रयोग गरेर सडक खुलाउन सकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

mulpatra mulpatra mulpatra

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त सडक अवलोकन गरेसँगै तत्काल काम सक्ने गरि निर्देशन दिएका थिए । ्
पुर्वबाट राजधानीलाई जोड्ने छोटो दुरीको सडक खुलेपछि हजारौ यात्रुलाई सहज हुनेछ । दशैंमा घर फर्कन नसकेकाहरु समेत उक्तबाटो भएर आवातजावत गर्न सक्ने भएको छ ।