खुल्यो विपी राजमार्ग

काठमाडौं । करिब ८ कि.मि. कच्ची सडक हुँदै सन्चालन भइरहेको विपी राजमार्ग डाइभर्सन बनेपछि खुलेको छ । गाडीहरु आवात जावत गर्न सुरु गरेसँगै ७ दिन देखि रोकिएको सडक सहज भएको छ ।
पोहोर साल आएको बाढीले बगाएको बिपी राजमार्गको ८ कि.मि. जति खण्डमा डाइभर्सन बनाएर सन्चालन गरिएको थियो । यसपाली समेत उक्त खण्ड बगाएपछि अवरुद्ध सडकको १९ स्थानमा डाइभर्सन बनाएर आजदेखि खुलाइएको छ।
डिभिजन सडक कार्यालयले रातको समयमा समेत काम गरेर सडक निर्माणलाई तिब्रता दिएको थियो । मंगलबारदेखि डाइभर्सन निर्माण थालिएको थियो । दुइ दर्जन जति साधन प्रयोग गरेर सडक खुलाउन सकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त सडक अवलोकन गरेसँगै तत्काल काम सक्ने गरि निर्देशन दिएका थिए । ्
पुर्वबाट राजधानीलाई जोड्ने छोटो दुरीको सडक खुलेपछि हजारौ यात्रुलाई सहज हुनेछ । दशैंमा घर फर्कन नसकेकाहरु समेत उक्तबाटो भएर आवातजावत गर्न सक्ने भएको छ ।