Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

पशुपति मन्दिरमा सपथ खाँदै दुर्गा प्रसाईले नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गरे

पशुपति मन्दिरमा सपथ खाँदै दुर्गा प्रसाईले नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गरे
  • २७ आश्विन २०८२, सोमबार १६:३८

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका थिए ।

mulpatra

प्रसाईले आज पशुपतिमा एक कार्यक्रम गदै देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायम गर्ने सपथ खाएका छन् । पशुपति नाथ मन्दिरमा देशका लागि कसम खाँदै हिन्दु राष्ट्र र वैदिक सनातन धर्म नेपाली खोजीरहेको बताएका छन् ।

‘हाम्रो मुलुक सनातन हिन्दुराष्ट्र हो । यसलाई केही ब्यक्तिहरुले भुलभुलैयामा धर्मनिरपेक्ष बनाइयो । यो नेपाली जनताले मात्र होइन । छिमेकी देशले स्वीकारका छैनन् । यसलाई पूर्णत सनातन हिन्दु राजय बनाउनको लागि सडकमा आएका छौ, आम नेपाली जनतालाई यस अभियानमा साथ दिन आग्रह गर्दछु ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

नेपाललाई धर्मनिरपेक्ष बनाईनु दुखद र पूर्णत गलत भएको टिप्पणी गदै अहिले त्यसको परिमाण भोग्नुपरेको आरोप उनले लगाए । नेपालमा हिन्दुहरुको अस्था स्थल हो । यहाँ अपराध गर्नेलाई हिन्दुहरुको भगवानले माफी नगर्ने उनको भनाइ छ ।

सामुहिक सपथ ग्रहणसँगै घोषणा गरे योजना

हामी देवताका पनि देवता, तीनै लोकका स्वामी, आराध्यदेव श्री पशुपतिनाथको पवित्र चरणमा शिर नमन गर्दै यो प्रतिज्ञा गर्दछौं 

आजको दिनदेखि नेपाललाई पुनःकिराँत,बौद्ब सहित बैदिक सनातन हिन्दु अधिराज्य नेपालका रूपमा स्र्थापित भएको घोषणा गर्दछौं।
हामी आराध्यदेव श्री पशुपतिनाथलाई साक्षी राखी निम्न वाचा गर्दछौं ।

Image Source: © https://mulpatra.com

१. नागरिक राहत —सर्वहारा वर्ग भुइमान्छे र उत्पिडित बर्गले लघुवित्त र सहकारीबाट लिएको रु २० लाख रुपैयाँभन्दा मुनिको सम्पूर्ण ऋण स्वतः माफी गरिने छ

२. मध्यम वर्गीय व्यापारी सहायता — २० लाख माथिका ऋणी व्यापारीहरुलाई ५% ब्याजदरमा २५ वर्षको भुक्तानी अवधि प्रदान गरिनेछ।

३. कालोसूची मुक्ति — बैक र सहकारीबाट कालोसूचीमा पारिएका तथा घरबारविहीन भएका नागरिकहरूको नाम कालोसूचिबाट हटाई बैकले लीलाम गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गराइ ५% व्याजदरमा २५ बर्ष सम्ममा तिर्ने मौका प्रदान गरिने छ।

४. सहकारी सुरक्षा — सहकारी मा आबद्ब बचतकर्ताको ठगिएको सम्पूर्ण रकम सरकार मार्फत फिर्ता गराइने छ ।

५. भ्रष्टाचार अन्त्य — देशमा भ्रष्टाचार गर्ने पुराना दलका नेता, नेतालाइ साथ दिने विचौलिया दलाल तस्कर व्यापारी हरुको सम्पति, बिदेशमा लुकाइ राखेको सम्पति फिर्ता ल्याइ गरिव नेपालीको ऋण तिरिने छ , साथै एनजीओ र आइएनजीओको दुरुपयोगलाई समाप्त गरी स्वाभिमानी, आत्मनिर्भर र पारदर्शी शासन प्रणाली स्थापना गरिनेछ।

६. राष्ट्रिय एकता र अन्तराष्ट्रिय सम्बन्ध –सबै छिमेकी राष्ट्रहरूसँग भाइचारा, स्नेह र मित्रबतको सम्बन्ध कायम गरि हाम्रो भुमि कुनै पनि छिमेकी बिरुद्ब प्रयोग हुन दिइने छैन । बिदेशका जेलमा रहेका ७ हजार भन्दा बढि नेपाली युवा र बिदेशका डान्स, बार र कोठिहरुमा बेचीएका हजारौ हजार युवतिहरुको सकुसल उद्बार गरि घर फर्काउन पहल गरिने छ ।

७– कर्मचारी सुविधा – नेपाली सेना, सस्त्र प्रहरी ,नेपाल प्रहरी , राष्ट्र सेवक कर्मचारी र शिक्षकहरुको को माशिक तलव भत्ता न्युनतम रु १ लाख कायम गरिने छ ।

हामी मन, वचन, कर्म र आत्मासहित यो सफत लिन्छौं कि
राजनीतिलाई व्यापार होइन, सेवा र राष्ट्रभक्तिको साधनाका रूपमा ग्रहण गर्नेछौं।
देश र नागरिकको कल्याणका लागि सदैव सत्य, धर्म र समर्पणका मार्गमा अटल रहनेछौं

असतो मा सत् गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ।

जय श्री पशुपतिनाथ !
जय धर्मराज्य नेपाल !