आज गाई तिहारः गाई पुज्नुको शास्त्रिय महत्व के छ ?
काठमाडौं । आज यमपञ्चकको चौथो दिन कात्तिक शुक्ल प्रतिपदा गाई र गोबर्द्धन पूजा गरी एकैदिन मनाइँदै छ । यस दिन गाई, गोरु र खेत खनजोत गर्ने औजारहरुको समेत पुजा गर्ने प्रचलन छ ।

गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । गाईलाई पवित्र मानी लक्ष्मीको रुपमा पूजा गर्ने सनातन देखिको प्रचलन रहिआएको छ । हिन्दू धर्मग्रन्थहरूमा गाईलाई लक्ष्मीदेवीको अवतारका रूपमा चित्रण गरिएको छ, त्यसैले तिहारको दोस्रो दिन गाईपूजा गरी लक्ष्मी आगमनको स्वागत गर्ने चलन छ । गाईको दूध बच्चा बच्ची र बृदबृद्धाको लागि पौष्टिक आहारको श्रोत हो यो आमाको दुध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
धनतेरसपछि आउने दोस्रो दिन गाईपूजा गरी तिहारको औपचारिक सुरुवात हुन्छ । हिन्दू परम्पराअनुसार गाईलाई लक्ष्मीको प्रतीक मानिने भएकाले बिहानै गाईलाई नुहाइ–धुवाइ गरी माला, टीका लगाएर, सिङ तथा खुरमा तेल लगाईदिने र रोटि आदि परिकार दिई पुजा गरिन्छ ।
![]() |
![]() |
![]() |
|---|
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ ।
आजकै दिन वर्षभर खेत जोत्न प्रयोग गरिने गोरुलाई पनि पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर खेत खनजोत गर्ने कृषि औजार हलो, कोदालो, जुवा, फरुवा आदिलाई समेत पुजा गर्ने प्रचलन छ ।
बिहान गोरुलाई नुहाइ–धुवाइ गरी सिंगारिने, रंग लगाइने, सिङ तथा खुरमा तेल लगाईदिने र टीका तथा माला लगाई पूजा गर्ने गरिन्छ, बाबर रोटि र अन्य खानेकुरा दिइन्छ ।
गोरुको पुजा गर्दा आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ ।
Image Source: © https://mulpatra.com
गाईपूजा गरेपछि साँझ घरघरमा गइ देउसी भैलो खेलेर रमाइलो गर्ने, नाचगान गर्ने परंपरा छ।



