गोरखापत्रको महाप्रबन्धक नियुक्तिलगायत यी निर्णय गर्यो मन्त्रिपरिषद्ले
काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० लाई सरुवा गर्ने निर्णय पनि गरेको छ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरिएको छ।
बैठकले सुरक्षण मुद्रण केन्द्र ९सुरक्षण मुद्रण कोष० को कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ र शिक्षा ९दशौं संशोधन० नियमावली, २०८३ स्वीकृत गरेको छ।
Image Source: © https://mulpatra.com
यसैगरी, अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने तथा समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि ९यूएनसीएलओएस० अन्तर्गतको सम्झौतालाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



