Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

ज्येष्ठ नागरिक र अशक्त व्यक्तिका लागि हवाई भाडामा ५० प्रतिशत छुट

ज्येष्ठ नागरिक र अशक्त व्यक्तिका लागि हवाई भाडामा ५० प्रतिशत छुट
  • ४ कार्तिक २०८२, सोमबार १६:४१

काठमाडौं– अब आन्तरिक हवाई यात्रामा ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका यात्रुहरूले ठूलो राहत पाउने भएका छन् ।

mulpatra

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा न्यूनतम ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यसले विशिष्ट वर्गका यात्रुहरूलाई सहज र सुलभ यात्रा अनुभव गराउने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको आइतबार बसेको बैठकले उक्त छुट व्यवस्था तत्काल लागू गर्ने निर्णय गरेको हो । ६० वर्षभन्दा माथिका नागरिकले आन्तरिक उडानमा आधा भाडा तिरेर यात्रा गर्न सक्नेछन् ।

mulpatra mulpatra mulpatra

त्यस्तै, शारीरिक रूपमा अशक्त तथा फरक क्षमताका व्यक्तिहरूका लागि पनि सोही छुटको व्यवस्था गरिएको छ । प्राधिकरणले देशका सम्पूर्ण आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूलाई आजैदेखि निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।