Close

Recent Posts

आज भाईटिकाः उत्तम साइत बिहान ११ः३९ बजे

आज भाईटिकाः उत्तम साइत बिहान ११ः३९ बजे
  • ७ कार्तिक २०८२, बिहीबार ०७:०१

काठमाडौँ । हरेक बर्ष चाडपर्वको साइत सार्वजनिक गर्दै आएको नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको जनाएको छ ।

mulpatra

तिहारको अन्तिम तथा प्रमुख दिन आज भाइटिका लगाइँदैछ । टीकाका दिन दीर्घायु र ऐश्वर्य को कामना सहित सप्तरंगी टीका लगाउने गरिन्छ ।

आज दिदी बहिनीले दाजुभाइलाई टीका लगाउने, सयपत्री मखमली फुलको माला लगाइदिने गरिन्छ । दाजुभाईले पनि दिदी बहिनीलाई टिका लगाइदिएर माला लगाइदिने प्रचलन छ ।

समय अभाव, यातायातका कारण साइतमा टिका लगाउन नसक्नेलाई दिनभर टीका लगाउन कुनै बाधा नरहेको समेत समितिले जनाएको छ ।
हिजो गाई, गोरु पुजा एकैदिन परेको थियो । नेवारी समुदायमा नववर्ष र म्ह पुजा हिजो मनाइएको थियो भने नेवारी भाषामा भनिने किजापूजा चाहि आज नै मनाउँदै छन् ।