Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

आज भाईटिकाः उत्तम साइत बिहान ११ः३९ बजे

आज भाईटिकाः उत्तम साइत बिहान ११ः३९ बजे
  • ७ कार्तिक २०८२, बिहीबार ०७:०१

काठमाडौँ । हरेक बर्ष चाडपर्वको साइत सार्वजनिक गर्दै आएको नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको जनाएको छ ।

mulpatra

तिहारको अन्तिम तथा प्रमुख दिन आज भाइटिका लगाइँदैछ । टीकाका दिन दीर्घायु र ऐश्वर्य को कामना सहित सप्तरंगी टीका लगाउने गरिन्छ ।

आज दिदी बहिनीले दाजुभाइलाई टीका लगाउने, सयपत्री मखमली फुलको माला लगाइदिने गरिन्छ । दाजुभाईले पनि दिदी बहिनीलाई टिका लगाइदिएर माला लगाइदिने प्रचलन छ ।

mulpatra mulpatra mulpatra

समय अभाव, यातायातका कारण साइतमा टिका लगाउन नसक्नेलाई दिनभर टीका लगाउन कुनै बाधा नरहेको समेत समितिले जनाएको छ ।
हिजो गाई, गोरु पुजा एकैदिन परेको थियो । नेवारी समुदायमा नववर्ष र म्ह पुजा हिजो मनाइएको थियो भने नेवारी भाषामा भनिने किजापूजा चाहि आज नै मनाउँदै छन् ।