Close

Recent Posts

कर्जा विस्तार ५.७ प्रतिशत मात्र

कर्जा विस्तार ५.७ प्रतिशत मात्र
  • १ असार २०८३, सोमबार ०९:३४

काठमाडौं– चालु आर्थिक वर्षको दश महिनामा निजी क्षेत्रमा ५.७ प्रतिशतमात्र कर्जा विस्तार भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढाउने लक्ष्य राखेको थियो । अहिलेसम्म त्यसको आधाभन्दा कम उपलब्धि हासिल भएको हो ।

mulpatra

उसो त, राष्ट्र बैंकले विगतदेखि नै प्रक्षेपण गर्दै आएको कर्जा बढाउने अनुमान मिल्न सकेको छैन । निजी क्षेत्रतर्फ जाने ऋण १२ प्रतिशत बढाउने लक्ष्यमा उद्योगी–व्यवसायीको मनोबलले साथ नदिएको जानकारहरु बताउँछन् । यसले गर्दा मौद्रिक नीतिको वार्षिक लक्ष्य पूरा नभएको हो ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत अर्थात् ३ खर्ब १२ अर्ब रुपैयाँ बढेको छ । योसँगै वैशाख मसान्तसम्ममा ५८ खर्ब ९ अर्ब ७१ करोड कर्जा पुगेको छ ।

mulpatra mulpatra mulpatra

गत आवको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशत अर्थात् ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँले बढेको थियो । गत वर्षको तुलनामा यस पटक ऋण विस्तारमा कमी आएको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा क्षति व्यहोर्नुपर्दा निजी क्षेत्रको मनोबल कमजोर भएका कारण पनि कर्जा विस्तार कम भएको हो ।

चालु आवको साउनदेखि वैशाखसम्मको अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूले सबैभन्दा बढी ५.८ प्रतिशतते कर्जा बढाएका छन् ।

विकास बैंकहरूको ५ प्रतिशत र वित्त कम्पनीहरूको २.९ प्रतिशतले कर्जा बढेको छ । २०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.५ प्रतिशत रहेको छ । २०८२ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.६ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो ।

Image Source: © https://mulpatra.com

आर्थिक वर्ष २०८२–८३ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १ प्रतिशतले बढेको छ । कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले घटेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com