Close

Recent Posts

विरोधका बावजुत बंगलादेशले मलेसियाको नयाँ मापदण्डभित्र पर्ने म्यानपावरको आवेदन माग्यो,नेपालले के गर्छ ?

विरोधका बावजुत बंगलादेशले मलेसियाको नयाँ मापदण्डभित्र पर्ने म्यानपावरको आवेदन माग्यो,नेपालले के गर्छ ?
  • १५ कार्तिक २०८२, शुक्रबार १७:०९

काठमाडौं– बंगलादेश सरकारलेले मलेसियाको नयाँ कामदार व्यवस्थापन प्रणालीलाई स्वीकार गरेको छ । मलेसियाले नयाँ मापदण्डको पत्रचार गरेपछि त्यहाँ पनि विरोध भएको थियो । तर मलेसियाको नयाँ मापदण्ड अनुसार नोभेम्बर ७ तारिखभित्र मापदण्डभित्र पर्ने सबै म्यानपावरलाई आवदेन दिन बंगलादेश एसोसिएसन अफ इन्टरनेशन रिकुटम्यान्ट एजेन्सीको वाइभसाइटमा उल्लेख छ ।

mulpatra

एजेन्सीले नोभेम्बर ७ तारिखभित्र मापदण्डभित्र पर्ने सबै म्यानपावरलाई आवदेन खुलाएको हो । यही साता मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको पत्रचार गरेको थियो । यसको विरोध बंगलादेशमा समेत भइरहेको छ । त्यहाँ यसै विषयलाई लिएर तोडफोड समेत व्यवसायीले गरेका छन् ।

बंगलादेशका सचिव, जनशक्ति, रोजगार र वैदेशिक कार्य मन्त्रालय, इस्लामी गणराज्य बङ्गलादेश, महानिर्देशक, ब्यूरो अफ म्यानपावर, एम्प्लोयमेन्ट एण्ड ट्रेनिङ कार्यालय ढाका अध्यक्ष, बैरा, ढाका, कार्यकारी निर्देशक बैरा, सूचना÷दस्तावेजको लागि कार्यालय प्रति, पोर्टल (बैरा वेबसाइटलाई वोदार्था गदै आवदेनका लागि आह्वान गरेको छ ।

mulpatra mulpatra mulpatra

बंगलादेशले रोजगारदाता एजेन्सीले विदेशमा श्रमिक पठाउने प्रक्रियामा गन्तव्य देश (मलेसिया सहित) का कानुनी र प्रक्रियागत आवश्यकताहरू पहिले पालना गरेको प्रमाण देखाउनुपर्नेछ।सही योग्यताहरू पूरा गर्ने सबै रोजगारदाता एजेन्टहरूलाई मलेसिया सरकारको सूचीमा श्रमिक पठाउन रोकावट बिना पठाउनको लागि बंगलादेश सरकारले मलेसिया सरकारसँग सिफारिस गर्नेछ।यस सन्दर्भमा, माथि उल्लिखित ’निर्धारित छनोट मापदण्ड’ पूरा गर्न सक्षम बंगलादेशका वैध लाइसेन्स प्राप्त रोजगारदाता एजेन्टहरूलाई प्रावासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयले ०७ नोभेम्बर २०२५ सम्म माथि उल्लिखित कागजातहरू सहित आवेदन पेश गर्न आमन्त्रित गरिएको छ ।

मलेसियाले नयाँ मापदण्डले मुख्य निशानामा नेपाल र बंगलादेशमा परेको म्यानपावर व्यवसायीकै गुनासो छ । अहिले यसकैको विरोध समेत भइरहेको छ ।

बंगलादेशले मलेसियाको नयाँ प्रणालीलाई अंगालेको छ । नेपालमा भने यसको विराध भइरहेको छ । बंगलादेशमा विगतमा पनि सिमित म्यानवापरले कामदार पठाउँदै आएका थिए । बंगालदेशले मलेसियाको नयाँ मापदण्ड एक सातामै स्वीकार गरेको छ । नेपालले तत्काल यस विषयमा निर्णय लिदै मलेसिया पत्रचार नगरे नेपालको कोटा बंगलादेश जाने म्यानपावर व्यवसायीकै आशंका छ ।

Image Source: © https://mulpatra.com

मलेसियाले नेपाललाई पठाएको मापदण्डभित्र म्यानपावरले १० वटा मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने भनिएको छ । इजाजतपत्र लिएको ५ वर्ष हुनुपर्ने, ५ वर्षभित्र कम्तीमा तीन हजार श्रमिक पठाएको हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, १० हजार वर्गफुटमा फैलिएको कार्यालय हुनुपर्ने, म्यानपावर कम्पनी सञ्चालकको असल चरित्रको प्रमाणपत्र भएको हुनुपर्ने, बाध्यकारी श्रम, मानव तस्करी, श्रम कानुनको उल्लङ्घन, मुद्रा अपचलन र अन्य आर्थिक अपराधमा संलग्न नभएको हुनुपर्नेलगायतका मापदण्ड पत्रमा उल्लेख छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले जानकारी दिए । तोकिएका मापदण्डहरू वस्तुनिष्ठ र योग्यतामा आधारित जाँच प्रक्रियामार्फत कार्यान्वयन गरिने भन्दै मलेसियाले १५ नोभेम्बर २०२५ सम्ममा उल्लिखित मापदण्डहरू पूरा नगर्ने इजाजतपत्र प्राप्त निजी भर्ती एजेन्सीहरूलाई समावेश नगरिने बताएको छ ।

नेपालमा नयाँ मापदण्डअनुसार सिण्डिकेट लागू गर्ने नमिल्ने भन्दै म्यानपावरले विरोध गरिरहेका छन् । मलेसियाले विदेशी कामदार ल्याउन १६ मुलुकलाई स्रोत मुलुक तोकेको छ । तर यसपटक मलेसियाले भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका म्यानपावर कम्पनीको मापदण्ड तोकेर वर्गीकरण गर्न लागेको हो । नेपालमा लामो समयदेखि मलेसिया सिन्डिकेटको चर्चा चलेको थियोे ।

नेपालमा दर्ता भएकामध्ये ८० प्रतिशत म्यानपावर कम्पनीले मलेसिया कामदार पठाउने गरेका थिए । नयाँ मापदण्ड सीमित केही म्यानपावरले मात्रै पूरा गर्नसक्ने आँकलन गरिएको छ ।

स्रोत:बंगलादेश एसोसिएसन अफ इन्टरनेशन रिकुटम्यान्ट एजेन्सी