झाँक्रीको मन एमालेतिर, तर ओलीले टाउको हल्लाएनन्
काठमाडौं– नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयले एकीकृत समाजवादीमा फुट भएको छ । एकताको विषयमै निर्णय गर्न कात्तिक १२ देखि केन्द्रीय कमिटीको बैठक बसेको थियो । यही विहिबार एकता हुने भएको छ ।

बैठकमा बहुमत बढी नेता एकताको पक्षमा उभिएपछि सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष खतिवडाले दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षका नेताहरूले छुट्टै भेला समेत राखेको थिए । यसको नेतृत्व सम्मानित नेता झनथाल खनाल र एसकै महासचिव घनश्याम भुसालले गरेको थिए ।
उक्त भेलामा सहभागि भएकै केही नेता एमालेमा फर्किनका लागि तयारीसँगै गृहकार्यमा जुटेका छन् । एकीकृत समाजवादी स्रोतका अनुसार एमालेमा फर्किने लाइनमा नेतृ रामकुमारी झाँक्रीसहित पूर्वसांसदहरू भानुभक्त जोशी, धनबहादुर बुढा, अम्मरबहादुर थापा, किसान श्रेष्ठलगायतको टिम रहेको छ । तर उनीहरुले एमालेमा जाँदा समान पद पाउनुपर्ने माग गरिरहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
हालै मात्र एमालेमा उपाध्यक्ष प्रदिप ज्ञवालीसँग भएको एक गोप्य वार्तामा झाँझीले यस्तो प्रस्ताव गरेको एसकै एक नेताले मूलपत्रलाई जानकारी दिए । विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरू एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन्। पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकतामा समाहित नहुने बताएकी थिइन् ।
एमालेमा तत्काल झाँकीलाई भित्र्याउनु नहुने पक्षमा अध्यक्ष केपी ओलीसहित अन्य शीर्ष नेता पनि छन् । झाँकीले भने एक जना एसका नेता आफुसहित एमालेमा सम्मानसहित फर्किने सन्देश ज्ञवालीलाई दिएकी थिइन् । तर एमालेले तत्काल झाँकीलाई भित्र्याउने पक्षमा नरहेको एमाले स्रोतको दाबी छ ।
एमाले अध्यक्ष केपी ओलीले झाँकीलाई एमालेमा ल्याउन चासो नदिएको र उनले यस विषयमा छलफल गर्न रुची नराखेको एमालेकै एक शीर्ष नेताले मूलपत्रलाई जानकारी दिए । अध्यक्षले नेकपा एसबाट आउने नेताको विगत र एसमा हुँदा कस्तो भुमिका निर्वाह गरे । पहिला त्यो हेर्नुपर्ने शर्तअघि सारेका छन् । यसका अर्थ झाँकीलाई तत्काल एमालेमा नभित्र्याउने नै हो ।’ उनले भने ।
Image Source: © https://mulpatra.com
भुसालको समूहले शनिबार बोलाएको भेलामा रामकुमारी झाँक्रीसहित किसान श्रेष्ठ सहभागी थिए । नेतृ झाँक्री बोलाएर भेलामा पुगेका श्रेष्ठ भने थोरै समयमात्रै बसेर निस्केका थिए ।
एमालेमा सम्मानजनक फर्किन नसक्ने अवस्थामा रहेका माधव नेपालसँगै माओवादी केन्द्रमा जाने उनीहरूको तयारी रहेको छ । यो समूहनिकट स्रोतको दाबीमा एमालेमा जाने पहिलो प्रयास हुने र त्यो सम्भव नभए माओवादीमा जाने रणनीति रहेको छ ।
एमालेमा सम्मानजनक फर्किन नसक्ने अवस्थामा रहेका माधव नेपालसँगै माओवादी केन्द्रमा जाने उनीहरूको तयारी रहेको छ । यो समूहनिकट स्रोतको दाबीमा एमालेमा जाने पहिलो प्रयास हुने र त्यो सम्भव नभए माओवादीमा जाने रणनीति रहेको छ ।नेकपा एसकी संस्थापक सचिव रामकुमारी झाँक्रीले एमाले छाडेदेखि नै पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको बताइन् । उनले आफू रहेको पार्टी विघटन भएपछि अर्को पार्टी खोल्ने होइन, बरु अर्को पार्टीमै जाने निर्णय गरेको स्पष्ट पारिन् ।
उनले देशभरका कार्यकर्तालाई धैर्य गर्न र सामूहिक रूपमा गोलबद्ध हुन आह्वान गरिन् । उनले भनिन्, ‘यहाँ केही नयाँ छैन, पुरानैको ब्युत्पत्ति हो । जेन–जी आन्दोलनका साथीहरूलाई पनि मेरो आग्रह छ, विचार मिल्ने दलसँग आबद्ध भएर युवाको हस्तक्षेप बढाउनुहोस् ।’
यस्तै पूर्वमन्त्रीसमेत रहेका नेकपा एसका नेता किसान श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत आफूहरू एमालेमै फर्किने तयारीमा रहेको र त्यसका लागि कुनै सर्त नरहेको जानकारी दिए । उनले आफूसहितका धेरै नेताहरूले ओलीसँग छलफल गरेरै पुरानै घर फर्किन लागेको बताउँदै भने, ‘त्यहाँ रहँदा हाँसेर मात्र बोलिदिए पुग्छ ।’



