मलेसियाली एजेन्टसँग भिसा किन्न खर्चिएको करोडौं पैसा डुब्ने त्रासमा म्यानपावर७–१० हजार रिंग्रेटमा भिसा किनबेच संघकै अध्यक्ष गुरुङपनि सलंग्न
काठमाडौं– मलेसियाको रोजगारीमा सिन्डिकेटको प्रयास भइरहेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार ‘सिन्डिकेटविरुद्धको व्यवसायी भेला’ गरेको थियाे । तर मलेसिया सरकारले १० बुँदे मापदण्डको पत्र पठाएपछि सरकारले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई आधिकारिक धारणा पेश गर्न पत्राचार गरेको थियो ।

तर संघले सबै व्यवसायी र म्यानपावर व्यवसायीसँग सम्बन्धित विभिन्न संघ संस्थासँग समयमै समन्वय गर्न नसक्दा पत्राचार गर्न सकिरहेको थिएन । यसै विच प्रधानमन्त्री शुसिला कार्कीले नै नेतृत्व गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायीको हक सुरक्षित गर्न भन्दै पत्राचार गरेको हो ।
संघले नेपाल सरकारले उक्त प्रस्ताव अव्यवहारिक रहेको भन्दै म्यानपावर कम्पनी छनोट गर्ने मलेसिया सरकारको प्रस्ताव कार्यान्वयन गर्न नसकिने निष्कर्ष निकालेको छ ।
![]() |
![]() |
![]() |
|---|
यस्तै हिजो मात्र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल सरकारले खुला गरेका सबै मुलुकमा सबै व्यवसायीले बिना अवरोध कामदार पठाउन पाउनुपर्ने माग गरेको छ ।
मञ्चले अन्तर्राष्ट्रिय प्रचलनको विपरीत गई कामदारमाथि अनावश्यक आर्थिक भार सिर्जना गर्ने गरी १० बुँदे मापदण्डमार्फत मलेसियाको श्रम आप्रवासन व्यवस्थापनमा पुनः एकाधिकार कायम गर्न खोजिएको आरोप लगाएको थियो ।
तर यसलाई नीतिगत व्यवस्था भनेर सरकारले परिभाषा गर्नुपर्ने बताएको छ । मलेसियाबट सुरक्षागार्डको ७ हजार रिंगेट तिरेर डिमाण्ड म्यानपावरका एजेन्टले किन्ने गरेको, सामान्य रोजगारीको डिमाण्डमा ७–८ हजार रिंग्रेट र राम्रो भिसामा ९ हजार रिंग्रेटसम्म डिमाण्ड किनेर ल्याइ कामदार पठाउने गरेका छन् ।
Image Source: © https://mulpatra.com
यही किनेर ल्याएको डिमाण्डमार्फत कामदार पठाउँदा ३ देखि ८ लाखसम्म म्यानपावर व्यवसायीले उठाउने गरेका छन् ।
मलेसियाबाट केही म्यानपावरबाहेक सबै म्यानपावरले त्यहाँका एजेन्टबाट भिसा किनेर ल्याउने गरेका छन् ।
मलेसिया वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले त्यहाँबाट भिसा किनेर ल्याउने गरेका छन् । पछिल्लो समय मलेसिया पठाएको १० बुँद्धे नीगिगत नोट पछाडी मलेसियामा भिसा किन्न खर्चिएको करोडौं पैसा डुब्ने त्रासमा केही म्यानपावर छन् ।
सिण्डिकेटभन्दा पनि भिसा किन्न खर्चिएको रकम डुब्ने त्रासमा म्यानपावर व्यवसायी रहेको मलेसिया वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका एक म्यानपावर व्यवसायीले जानकारी दिए । मलेसिया वैदेशिक रोजगारी कामदार पठाइररहेका म्यानपावर कम्पनीबिच अस्वाथ्य प्रतिस्पर्धा हुँदा त्यसको मारमा राम्रो र ठुलो व्यवसायी पर्ने गरेका वैदेशिक रोजगार व्यवसायीहरुमै चर्चा छ ।
मलेसिया ५ सयभन्दा बढी म्यानपावरले कामदार पठाउँदै आएका छन् । ती व्यवसायीले मलेसियाका एजेन्टसँग भिसा किनेर ल्याएर कामदारसँग चर्को रकम उठाएर पठाउने गरेको व्यवसायीहरु नै बताउँछन् । जसमा केही म्यानपावरबाहेक सबै भिसा किनेर ल्याएर कामदार पठाउने गरेको ती व्यवसायी बताउँछन् ।
मलेसिया रोजगारीमा सिण्डिकेटभन्दा पनि यो पैसा डुब्ने त्रासमा म्यानपावर व्यवसायी रहेको उनले बताए । ‘म्यानपावरको मलेसियाका रोजगारदाता कम्पनीसँग सिधै पहुँच हुँदैन । केही म्यानपावरको पहुँच हुन्छ । उनीहरुले पैसा खर्चिने गरेका छैन ।’ उनले भने ।
नेपालमा किरा सरी खोलिएको म्यानपावरले प्रतिस्पर्धामा भिसा किने ल्याएर कामदार पठाउने गरेका छन् । यसका कारण मलेसिया जाने कामदारमाथि आर्थिक भार परेको म्यानपावर व्यवसायीकै आरोप छ ।
रोजगारीमा सिण्डिकेटभन्दा त्यहाँ कामदार आपूतिका लागि डिमाण्डको काम गदै आएका रोजगारदाता कम्पनीमा म्यानपावर कम्पनीले करोडौं लगानी गरेका छन् । मलेसियाले पछिल्लो पटक पठाएको नीतिगत बुँद्धा लागू भए उनीहरुको सबै पैसा डुब्ने चिन्ता भएको एक म्यानपावर व्यवसायीले जानकारी दिए । मलेसिया रोजगारीमा काम गदै आएका प्राय सबै म्यानपावरले ५० लाखदेखि ५ करोडसम्म भिसा किन्न मलेसियाली एजेन्टलाई भिसा किन्न खर्चिएको अथवा लगानी गरेको व्यवसायीनै बताउँछन् ।
साउनमा म्यानपावर व्यवसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासाको रिपोटिङले मूलपत्र गरेको थियो ।
यो पनि पढ्नुहोस
मलेसियाका रोजगारदाता कम्पनीले रोजगारीका लागि ल्याएका श्रमिकलाई छुटाएको सेवा सुविधा विचौलियाले खाइरहेका छन् । सरकार यो विषयमा गम्भीर भएर काम गर्नुपर्छ । भने श्रम सम्झौताअनुसार कामदार लैजादा दिने भनिएको सेवा शुल्कको विवरण पनि म्यानपावरसँग छैन ।
मलेसियासँग भएको श्रम सम्झौता अनुसार कामदार पठाउनुको साटटो म्यानपावरले कामदारले पाउँदै गरेको सुविधा पनि एजेन्टलाई खुवाएर भिसा किन्ने गरेको व्यवसायीमै चर्चा छ ।
मलेसिया रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले भने मलेसियाका रोजगारदाता कम्पनीसँग डिमाण्ड किनेर ल्याएर कामदार पठाउने होडवाजी नै चलेको छ । केही म्यानपावरले कम्पनीका एचआरसँग मिलेर डिमाण्ड किन्ने होडवाजी नै भइरहेको रोजगारी व्यवसायी बताउँछन् ।



