म्यानपावर व्यवसायी संघका अध्यक्ष गुरुङले मलेसियाको भिसा प्रति–कामदार ९ हजार रिंग्रेटमा किनेको खुलासा

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियाको एक रोजगारदाता कम्पनीको भिसा एजेण्टमार्फत किनेको पाइएको छ । उनले मलेसियाको (जिसिएच रिटेल एसडिएन विएचडी) रोजगारदाता कम्पनीबाट मलेसियाली एजेण्ट क्याल्भिनबाट भिसा किनेको आप्रवासन क्षेत्रमा काम गदै आएका एनडि हलले खुलासा गरेका छन् ।

एनडि हलले यस विषयमा स्यंम गुरुङलाई समेत जानकारी गराएको पाइएको छ । अहिले वैदेशिक रोजगार व्यवसायीबीच यस विषयमा चर्चा समेत भइरहेको छ ।
गुरुङले प्रतिभिसा ९ हजार मलेसियान रिंग्रेटमा एजेण्ट क्याल्भिनसँग एक सय भिसा किनेको एनडि हलले खुलासा गरेका हुन् । गुरुङले ९ लाख रिंग्रेटमा भिसा किनेका छन् ।
गुरुले जिसिएच रिटेल एसडिएन विएचडी रोजगार कम्पनीको डिमाण्ड भने २०२५.०८.१४ मा निकालेका छन् । यस अन्तरर्वार्ता आगामी भदौ ५ गते हुँदैछ ।
यसका लागि गुरुङको गुरुङ म्यानेजमेन्ट प्रालिले विज्ञापन समेत गरेको छ । उनले किनेको भिसाको विज्ञापन गरिसकेका छन् ।
गुरुङलाई यस विषयमा प्रश्न गर्दा आफुले भिसा किनेर नल्याएको जानकारी दिए । उनले कसैले यो विषयमा हल्ला मात्र गरेको र क्याल्भिन भन्ने एजेण्ट आफुले नचिनेको दाबी समेत गरे । उनले एनडि हलसँग आफु भिसा किन्दा तिरेको रिसद नभएको बताए । ‘मैले भिसा किनेको भए पैसा कहाँबाट भुक्तानी गरे । यसको प्रमाण नभएको र यो हल्ला मात्र हो ।’ उनले भने ।
मलेसियाका विभिन्न कम्पनीमा मागपत्र खोज्नको लागि व्यवसायीहरु मलेसिया पुगेका छन् । मलेसियाको मात्रै कारोबार गर्ने झन्डै चारसय भन्दा बढी म्यानपावर कम्पनी छन् । तर अहिले संघका अध्यक्षले नै भिसा किनेको विषय बाहिरिएको हो ।
यो पनि