Close

Recent Posts

को हुन न्यूयोर्क सिटीको मेयरमा निर्वाचित जोहरान ?

को हुन न्यूयोर्क सिटीको मेयरमा निर्वाचित जोहरान ?
  • २० कार्तिक २०८२, बुधबार १०:११

काठमाडौं । भारतीय मूलका ३४ वर्षका जोहरान क्वामे ममदानीले न्यूयोर्क सिटीको मेयर पदमा जीत हासिल गरेका छन् । जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।

mulpatra

यस विजयले मात्र अमेरिकी राजनीतिमा हलचल मच्चाएको छैन, बल्की राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत झटका दिएको छ। उनले न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गरेका छन् ।

ममदानीलेआवास संकट, बढ्दो महँगी, र जातीय समानता जस्ता मुद्दाहरूलाई केन्द्रमा राखेर निर्वाचनमा होमिएका थिए । यस जितले डेमोक्रेटिक पार्टीको प्रगतिशील पक्षलाई बल दिएको छ। ममदानिलाई सिनेटर बर्नी स्यान्डर्स र कांग्रेस सदस्य अलेक्जान्द्रिया ओकासियो–कोर्टेज जस्ता नेताहरूको समर्थन प्राप्त थियो ।

mulpatra mulpatra mulpatra


राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई कम्युनिष्ट पागल को संज्ञा दिएका थिए, ट्रम्पले भनेका थिए ‘उनी खराब देखिन्छन्, धेरै चतुर छैनन्, र उनका समर्थक मूर्ख छन् ।’ तर ट्रम्पले भनेको उनै मुर्खले न्यूयोर्क सिटीको मेयर जिते पछि अमेरिकी राजनीतिमा तरंग ल्याएको छ ।

जोहरान ममदानी को हुन् ?
जोहरान ममदानीको जन्म १८ अक्टोबर १९९१ मा युगान्डाको राजधानी कम्पालामा भएको थियो। उनी सात वर्षका हुँदा आफ्ना अभिभावकसँग न्युयोर्क आउनुभएको थियो। उनका पिता, महमूद ममदानी, कोलम्बिया विश्वविद्यालयमा प्राध्यापक र युगान्डा मूलका मार्क्सवादी विद्वान हुन्, जसका जरा गुजरातसँग जोडिएका छन्। उनकी आमा, मीरा नायर, भारतीय–अमेरिकी फिल्म निर्माता हुन्, जसलाई ‘मन्सून वेडिंग’ र ‘द नेमसेक’ जस्ता फिल्मका लागि चिनिन्छ। जोहरानले ब्रोंक्स हाई स्कूल अफ साइन्सबाट पढाई गरेका र बोउडोइन कलेजबाट अफ्रिकाना स्टडिजमा स्नातक डिग्री प्राप्त गरेका हुन्।
– एजेन्सीको सहयोगमा