शुक्रबार यी भगवानको पुर्जा गर्दा भोगविलास, सांसारिक सुख, प्रेम र व्यवसाय लाभ मिल्छ

शुक्रबार यी भगवानको पुर्जा गर्दा भोगविलास, सांसारिक सुख, प्रेम र व्यवसाय लाभ मिल्छ
  • २९ कार्तिक २०८२, शुक्रबार ०६:१३

काठमाडौं– हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।

mulpatra

धर्मशास्त्र अनुसार शुक्र ग्रह भोगविलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनै पनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ तथा अशुभ फल दिने गर्छ ।

शुक्रबारको दिन देवी दुर्गाको पूजा गरिन्छ । त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ । महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ ।

शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रमा उल्लेख छ ।

जानकारहरुका अनुसार शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ । त्यस्तै शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

आजको दिनमा चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र कुनै पुजारीको श्रीमतीलाई दान गर्दा फलिफाप हुन्छ भन्ने विश्वास रही आएको छ । आजको दिन घर छाडेर बाहिर हिड्दा पनि सेतो चन्दनको टिका लगाउन शास्त्रले भनेको छ ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।