विप्लव–जनार्दन–घनश्याम सहकार्य गर्ने सहमति
काठमाडौँ– नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव), प्रगतिशील राष्ट्रिय अभियान संयोजक जनार्दन शर्मा र तत्कालीन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल आगामी दिनमा सघन सहकार्य गर्दै अघि बढ्न सहमत भएका छन् ।

भुसालका अनुसार विप्लवसँग शुक्रबार बिहान शर्मा र भुसालले गरेको भेटमा नयाँ परिस्थितिमा कसरी सहकार्य घनिभूत उचाइमा लैजान सकिन्छ भनेर छलफल भयो । उनले पूर्व माओवादी नेता शर्मा नेपाली कम्युनिस्ट पार्टीसँगको एकता प्रक्रियामा सहभागी नभएर अलग अभियान चलाउने तयारीमा छन् । सोही अन्तर्गत उनले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका छन् ।
छलफलमा आजको राजनीतिक अन्योलको समाजवादी कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर सामना गर्नुपर्नेमा तीनवटै नेताहरुको जोड रहेको थियो ।
नेता भुसाल पनि पार्टी पुनर्गठनको अभियान चलाउने प्रयासमा छन् । नेता शर्माले बिहीबारमात्र वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग छलफल गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|



