नेपाल राष्ट्र बैंकले एक हजारका नयाँ नोट छाप्ने जिम्मा चाइना कम्पनीलाई दियो

नेपाल राष्ट्र बैंकले एक हजारका नयाँ नोट छाप्ने जिम्मा चाइना कम्पनीलाई दियो
  • २५ कार्तिक २०८२, सोमबार ०८:५७

काठमाडौं– फेरि पनि नेपाली नोट छपाईको जिम्मा चिनियाँ कम्पनीलाई दिइने भएको छ ।

mulpatra

एकहजार रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट छपाइका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ कर्पोरेसनलाई जिम्मा लगाइने भएको छ ।

यी नोट छपाउँदा एक करोड उनान्सत्तरी लाख पचासी हजार अमेरिकी डलर खर्च हुने भएको छ । सोही रकममा उक्त कम्पनीले डिजाइन, पिन्टङ र डेलिभरीसम्मको जिम्मेवारी लिएको छ ।

राष्ट्र बैंकले तोकेको सर्तहरु पुरा गर्नेगरी कम शुल्कमा नोट छपाईको प्रस्ताव उक्त कम्पनीले गरेको थियो ।