Close

Recent Posts

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

एसभिपिमार्फत साउदी जाने कामदारसँगै १५ हजार कुम्ल्याएर अबौं लुट्ने दाउमा सभामुखदेखि पुर्वश्रममन्त्री शरद्–राजेन्द्र, चन्द्र ढकालसहित पौडेल र सुफियान

जेठमा कामको खोजीमा ६१ हजार बाहिरिए

जेठमा कामको खोजीमा ६१ हजार बाहिरिए
  • २ असार २०८३, मंगलवार १५:१८

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पुनः बढ्दो क्रममा देखिएको छ । ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिला गरी जेठ महिनामा ६१ हजार ७२ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको जेठ २०८३ (मे १५ देखि जुन १४, २०२६) को तथ्यांकमा उल्लेख छ ।

mulpatra

प्रमुख गन्तव्य—मलेसिया, यूएई, कतार र साउदी अरबमा मात्रै ४४ हजारभन्दा बढी नेपाली केन्द्रित भएको देखिन्छ । यसले नेपाली श्रम बजार अझै खाडी मुलुक र मलेसियामै निर्भर रहेको स्पष्ट पार्छ ।

विभागको तथ्यांकमा संस्थागत रुपमा मलेसिया रोजगारमा जानेको संख्या ८ हजार १७० जना रहेका छन् । त्यस्तै मलेसियापछि यूएईमा १२ हजार ४५५ (संस्थागत ३,३५१), कतारमा १० हजार २१० (संस्थागत २,१९८) र साउदी अरबमा ७ हजार ५१९ (संस्थागत २,५६५) जनाले श्रम स्वीकृति प्राप्त गरेका छन् ।

mulpatra mulpatra mulpatra

यता युरोपेली मुलुकप्रति पनि आकर्षण बढ्दै गएको देखिएको छ । जसमा रोमानियामा मात्र २ हजार ५१५ जनाले श्रम स्वीकृति लिएका छन् ।

रोमानियामा संस्थागत रुपमा जाने कामदारको संख्या शुन्य रहेको छ । तर व्यक्तिगत रुपमा गत महिना मात्र २ हजार १२६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै जापानमा १ हजार ७५९ ले श्रम स्वीकृति लिएको मध्ये संस्थागत रुपमा २१६ जनाले श्रम स्वीकृति लिंदा व्यक्तिगत रुपमा १ हजार ४७ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै साइप्रसमा संस्थागत रुपमा ९१९ जनाले श्रम स्वीकृति लिंदा व्यक्तिगत जानेको संख्या ७ जना मात्र रहेको छ ।

Image Source: © https://mulpatra.com

नेपालभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारी अझै लाखौं युवाको मुख्य विकल्प बनिरहेको छ । नेताहरुले विदेशमा रहेकालाई फर्किन आग्रह गर्दै गर्दा वैदेशिक रोजगारमा जान भौतारिनेको संख्या तुलनात्मक रुपमा झनै बढेको छ ।

जेठ महिनामा हजारौंको संख्यामा नेपाली कामदारलाई नेपालको एअरपोर्टको बाटो छलेर घन्टौं सडक यात्रा गराई भारतको बिमानस्थल हुँदै वैदेशिक रोजगारमा बिभिन्न देश पठाइएको पाइएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com