धमेन्द्रको सवस्थ्य सुधारोन्मुख, मृत्युको झूटो समाचार फैलाइरहेको प्रति परिवारको खण्डन
काठमाडौं– बलिउड अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई उनको परिवारले खण्डन गरेको छ । धमेन्द्रकी पत्नी हेमामालिनीले आफ्नो श्रीमानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाबी गरेकी छन् ।

आज बिहानैदेखि भारतीय सञ्चारमाध्यमले धर्मेन्द्रको निधन भएको समाचार सम्प्रेषण गरेका थिए । भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायत थुप्रै हस्तिहरूले सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिएका छन् । तर, परिवारका सदस्यहरूले भने ठाडै अस्वीकार गरेका छन् ।
धमेन्द्रपत्नी तथा भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीले एक्समा लेखेकी छन्, ‘जे भइरहेको छ, त्यसलाई माफ गर्न सकिँदैन । जिम्मेवार च्यानलहरूले एक व्यक्तिको बारेमा झूटो खबर कसरी फैलाउन सक्छन्, जसमा उपचारको प्रभाव देखिँदै छ र उनी ठिक भइरहेका छन् । यो एकदमै अपमानजनक र गैरजिम्मेवार हो । कृपया परिवार र उनीहरुको प्राइवेसीको सम्मान गरौं ।’
![]() |
![]() |
![]() |
|---|
धर्मेन्द्र र हेमा मालिनीकी छोरी ईशा देवलले पनि पिताको निधन नभएको बताएकी छन् । सञ्चारमाध्यमहरुले झूटो समाचार फैलाइरहेको उनको भनाइ छ ।
इशाले लेखेकी छन्, ‘मेरो पिता स्थिर र सुधारोन्मुख हुनुहुन्छ । हामी सबैलाई परिवारको गोपनीयता कायम राख्न आग्रह गर्छौँ ।’



