उद्योग–वाणिज्य महासंघका अध्यक्ष ढकालद्वारा एलडिसीबाट स्तरउन्नतीका लागि समय थप गर्न माग
काठमाडौं — नेपाललाई काठमाडौंमा सन् २०२६ नोभेम्बरमा युनाइटेड नेसन कमिटि फर डेभलपमेन्ट पोलिसि द्वारा तय गरिएको अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नती हुने कार्यक्रमलाई लिएर निजी क्षेत्रबाट थप समय माग गरिएको छ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उक्त स्तरउन्नती प्रक्रियामा नेपाल अझै तयार भइनसकेकोले थप तीन वर्षका लागि समय लिनुपर्ने सुझाव पेश गरेका छन्।
नेपालले २०२१ फेब्रुअरीमा एलडीसीबाट बाहिरिन योग्य मानिएपछि पाँच वर्षको संक्रमणकाल (preparatory period) तय गरिएको थियो — यस अनुसार नेपाल सन् २०२६ नभेम्बरमा एलडीसी श्रेणीबाट बाहिरि तय भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
योजना आयोगमा भएको अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नती सम्बन्धी अन्तरक्रिया छलफल कार्यक्रममा बोल्दै ढकालले नेपालका नीति निर्माता र योजनाविद्हरुको सम्भावित जोखिमलाई गम्भिरतापूर्वक लिनुपर्ने आवश्यकता रहेको ढकालको भनाइ छ ।
जनताको वास्तविक आम्दानी नबढी धनी बनेको देखाउने निर्णयले उत्पादन, रोजगारी र उद्यम क्षेत्रमा नकरात्मक सर पर्न जाने अवस्था रहेको उनको भनाइ छ । अहिले देशमा भइरहेका विभिन्न आन्दोलनले व्यवसायीको मनोबल खस्किएको, बजारमा मागको अवस्था कम रहेको कारण सरकारले यो विषयमा सोच्नु पर्ने उनको धारणा छ ।



