बुधबार बुध भगवानको पुजा गर्दा यस्तो फाइदा पुग्छ

बुधबार बुध भगवानको पुजा गर्दा यस्तो फाइदा पुग्छ
  • १५ माघ २०८२, बुधबार ०६:००

काठमाडौं– हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मान्ने गरिन्छ । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ ।

mulpatra

विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् ।

पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वाससमेत रहि आएको छ । साथै ज्योतिष शास्त्र अनुसार बुधबारको दिनमा पुरुष ससुराली जानु हुँदैन र महिलाको अपमान गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

mulpatra mulpatra mulpatra

कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा पनि शुभ हुने विश्वास रहेको छ ।

‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पुजा गरिन्छ। पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।
बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com