Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दुई तिहाइ बहुमत भएको नेकपालाई झापाका केपी ओली भन्नेले धाराशाही पारेको रावलको आरोप

भदौ २३ मा त्रिभुवन विमानस्थलमा शक्तिशाली देशको जहाज ल्यान्ड भयो

दुई तिहाइ बहुमत भएको नेकपालाई झापाका केपी ओली भन्नेले धाराशाही पारेको रावलको आरोपभदौ २३ मा त्रिभुवन विमानस्थलमा शक्तिशाली देशको जहाज ल्यान्ड भयो
  • २७ कार्तिक २०८२, बुधबार १६:३६

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी केपी ओलीकै कारण धाराशाही भएको आरोप लगाएका छन् । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि सभालाई सम्बोधन गर्दै रावलले यस्तो आरोप लगाएका हुन् ।

mulpatra

’तपाईंहरू सोध्नुहोला– कम्युनिस्ट पार्टी त बनाएकै थियौ। केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भने, ’मलाई पनि लागेको थियो– अब देश समृद्धितिर जानेछ। हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन्। सर्वोच्चले भन्यो– संविधानविरीत भयो। मैले सुनेको त्यतिबेला प्रधान्यायाधीश उहाँकै निकट नै हुनुहुन्थ्यो रे।’

उनले सर्वोच्चको आदेश नमानेर फेरि संसद् विघटन भएको घटनाबारे रावलले थपे, ’उहाँले फेरि विघटन गर्नुभयो। यस हिसाबले बस्तु र तथ्यलाई मान्यौँ भने केपी ओलीभन्दा गद्दारी अरु कोही हुन्छ? नेकपालाई केपी ओली भन्ने झापा निवासीले धारासाही पारिदिए।’

mulpatra mulpatra mulpatra

उनले कम्युनिस्ट आन्दोलन बलियो बनाउन एमालेमा भएकाहरूलाई पनि नेपाली कम्युनिस्ट पार्टीमा एक बनाएर अघि बढ्ने पनि बताए।

रावलले भदौ २३ को जेनजी आन्दोलनअघि शक्तिशाली मुलुकले नेपालमा धेरै ठूलो चलखेल गरेको खुलासा गरेका थिए ।
बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका रावलले शक्तिशाली देशका जहाज नेपालमा ल्यान्ड भएको विषयमा तत्कालीन सरकारले जानकारी किन नदिएको भन्दै प्रश्न गरे ।

’म केही महिनादेखि त्रिभुवन विमानस्थलमा केके विदेशी चलखेल भइरहेका छन् भनेर बुझिरहेको छु,’ भदौ २३ अघिको घटना भन्दै उनले सुनाए, ’शक्तिशाली देशको जहाज त्रिभुवन विमानस्थलमा ल्यान्ड ग¥यो। त्यसको न सरकारले जानकारी गराउँछ । न केही आउँछ। अनि भदौ २३ गते नेपालको इतिहासमा नभएको क्षति हुन्छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका खरानी हुन्छ। हामी सोचौँ त – कस्तो सुरक्षा प्रणाली २ दिन पनि नटिक्ने?’

Image Source: © https://mulpatra.com

उनले विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडिको बाटो तय गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरे।