Close

Recent Posts

डेडिकेटेड तथा ट्रंक लाइनको थप दुई उद्योगले बुझाए पहिलो किस्ता

डेडिकेटेड तथा ट्रंक लाइनको थप दुई उद्योगले बुझाए पहिलो किस्ता
  • २७ कार्तिक २०८२, बुधबार २१:००

काठमाडौं– थप दुई वटा सिमेन्ट उद्योगले डेडिकेटेड तथा ट्रंक लाइन उपयोग बापतको पहिलो किस्ता बुझाएका छन् । घोराही सिमेन्ट र कसमस सिमेन्टले लोडसेडिङको समयमा उपभोग गरेको प्रिमियम महसुलको बक्यौता बापतको पहिलो किस्ता बुझाएको हो ।

mulpatra

घोराही सिमेन्टले १ करोड ८१ लाख रुपैयाँ र कसमस सिमेन्टले ३५ लाख रुपैयाँ प्राधिकरणमा बुझाएका छन् । अब घोराही सिमेन्टको बाँकी बक्यौता रकम ५० करोड ८५ लाख र कसमस सिमेन्टको ९ करोड ७७ लाख रुपैयाँ रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

हालसम्म देशभरका १७ वटा उद्योगले पहिलो किस्ता भुक्तानी सम्पन्न गरिसकेका छन् । बक्यौता भुक्तानी गर्ने उद्योगमा विद्युत आपूर्ति पुनः सुचारु गरिँदै आएको छ ।

mulpatra mulpatra mulpatra