निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
काठमाडौं– सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ । आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगले जनाएको छ ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । उनले निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको बताए ।
