बैंकिङ राजस्व र विदेशी लगानी हेर्न अर्थ मन्त्रालयमा छुटै युनिट

बैंकिङ राजस्व र विदेशी लगानी हेर्न अर्थ मन्त्रालयमा छुटै युनिट
  • ३० कार्तिक २०८२, शनिबार ०८:५८

काठमाडौं– अर्थ मन्त्रालयले राजस्व, बैंकिङ विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन छुट्टै फोकल युनिट बनाएको छ । यसका लागि मन्त्रालयले छुट्टै फोकल युनिट बनेको छ ।

mulpatra

विदेशी लगानीकर्ताका लागि गर्नु पर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत एक फोकल युनिट स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्नेछ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको निर्देशनमा सो युनिट खडा भएको हो ।

सो फोकल युनिटले उद्योगी व्यवसायी बैंकर विदेशी लगानीकर्ता तथा दातृ निकायको विषयलाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।