Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
  • २९ कार्तिक २०८२, शुक्रबार १६:३७

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप्ने तयारी गरेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले भने, ’प्रधानमन्त्री र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच टेलिफोन कुराकानी भयो। उहाँहरूबीच मतदाता नामावलीमा नाम दर्ताको समय थप्ने विषयमा कुरा भएको हो ।’ उनले भने ।

mulpatra

मतदाता नामावलीमा दर्तमा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री कार्कीले म्याद थपका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन कुराकानी गरेकी थिइन् । प्रधानमन्त्रीको आग्रहपछि भण्डारीले ५ दिनसम्म समय थप्न सकिने विषयमा सकारात्मक जवाफ दिएका थिए ।

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाटै नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।

mulpatra mulpatra mulpatra

यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी गराए ।