मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि समय थप्ने तयारी गरेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले भने, ’प्रधानमन्त्री र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तबीच टेलिफोन कुराकानी भयो। उहाँहरूबीच मतदाता नामावलीमा नाम दर्ताको समय थप्ने विषयमा कुरा भएको हो ।’ उनले भने ।

मतदाता नामावलीमा दर्तमा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री कार्कीले म्याद थपका लागि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन कुराकानी गरेकी थिइन् । प्रधानमन्त्रीको आग्रहपछि भण्डारीले ५ दिनसम्म समय थप्न सकिने विषयमा सकारात्मक जवाफ दिएका थिए ।
राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाटै नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।
यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् । त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी गराए ।
