७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार पछि मधेशमा झन राजनीतिक संकट

७ दलद्वारा सर्वदलीय बैठक बहिष्कार पछि मधेशमा झन राजनीतिक संकट
  • ३० कार्तिक २०८२, शनिबार १८:२७

काठमाडौं । मुख्यमन्त्रीको नियुक्ति विवाद विषयमा छलफलमा गर्न मधेस प्रदेशमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक सात राजनीतिक दलले बहिष्कार गरेका छन्। मधेशमा भइरहेको अशान्ती र राजनीतिक संकट समाधानका लागि अध्यक्षले बैठक बोलाएका थिए । असंवैंधानिक रुपमा नियुक्त भएका मुख्यमन्त्रीको विषयमा आन्दोलनरत दलहरु अध्यक्षले बोलाएको बैठकमा नजाने निर्णय गरेका थिए ।

mulpatra

मधेश प्रदेशमा निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ ग्रहण गराएकि थिइन । सोही नियुक्ति अराजनीतिक, असंवैधानिक र अमर्यादित कार्य भन्दै मुख्यमन्त्रीको विरोधमा सातदलहरु रहेका छन् ।

आन्दोलनरत दलका एक नेताका अनुसार, ‘असंवैधानिक रूपमा नियुक्त भई होटलमा शपथ खाएका मुख्यमन्त्री बैठकमा सहभागी भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको जानकारी गराएका छन् ।