Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ताको समय आज सम्म

फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ताको समय आज सम्म
  • १ मंसिर २०८२, आईतवार १०:२४

काठमाडौं । फागुन २१ को निर्वाचनको लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले सरकारले फागुन २१ मा निर्वाचन गराउने घोषणा गरेपछि आज कार्यालय समयसम्ममा प्रमाणपत्र लिइसक्नु पर्ने सुचना जारी गरेको थियो ।

mulpatra

आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ समेत पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगका अनुसार हाल दर्ता भएका दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो आज लाग्ने छ ।

आयोगले फागुन २० गतेबाट राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुने जनाएको छ । त्यसप्रयोजनका लागि समेत दल दर्ताको आव्हान गरेको छ । राष्ट्रिय सभाका लागि भने मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आव्हान गरेको छ ।

mulpatra mulpatra mulpatra