फागुन २१ मा हुने निर्वाचनका लागि दल दर्ताको समय आज सम्म
काठमाडौं । फागुन २१ को निर्वाचनको लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले सरकारले फागुन २१ मा निर्वाचन गराउने घोषणा गरेपछि आज कार्यालय समयसम्ममा प्रमाणपत्र लिइसक्नु पर्ने सुचना जारी गरेको थियो ।

आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ समेत पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगका अनुसार हाल दर्ता भएका दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो आज लाग्ने छ ।
आयोगले फागुन २० गतेबाट राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुने जनाएको छ । त्यसप्रयोजनका लागि समेत दल दर्ताको आव्हान गरेको छ । राष्ट्रिय सभाका लागि भने मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आव्हान गरेको छ ।
